
Ratbs
Rbs
Nssbus7
Ddhbs
dsbus
Ssbus
gms
Csbus
Jsbus
Gsbus
Pbu
Amb
Bksbus5
Gsl

Vor
Pvg
Wsp
Rgs
Rgu
Ksm
Sls
Tsm
Gst
Bbu
Asm
Sbs
Ssm
Rsb
nsb
Ggd
Bbbpu
Hal
Rgu

Syp
sab
Jmb
Abd
Jmb
Pls
Bml
Ptm
Rmb
Gsb
Rpp
bbt
Mks
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाहद्वारा समुद्घाटन गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिकाबाट शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गर्ने बताए ।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृ खेमराज देवकोटाले नगर भित्रका विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार गर्न हरेक व्यक्तिले आ आफ्नो स्तर बाट पहल गर्नु पर्ने बताए।
समुद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हरिपाल चतुर्वेदीले यो स्कूल निर्माण गर्न हाम्रा पूर्खा हरूको ठूलो योगदान रहेको तथा यस विद्यालयको आफू सधैं उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको बताए।
कार्यक्रममा बोल्दै सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वृजेश कुमार चतुर्वेदीले आफू विद्यालयमा आएदेखि शैक्षिक गुणस्तर बढाउन प्रयास गर्दै आएको तथा शिक्षक,अभिभावक र समुदायको सम्बन्ध राम्रो बनाउन हरेक सम्भव प्रयास गर्दै आएको बताए।
उक्त ६ कोठे भवन २०७९/८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ४५ लाख तथा २ बर्षमा कृष्णनगर नगरपालिकाबाट ४१ लाख रकमबाट सो भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीले जानकारी दिए।
कार्यक्रममा नगर उप प्रमुख आरती देवी चौधरी, बालजी श्रीवास्तव,प्रहलाद चतुर्वेदी,राजेन्द्र चतुर्वेदी, विद्यालय व्यवस्थापन समिति सदस्य,अभिभावक, विद्यार्थी,समाजसेवी तथा स्थानीय लगायतको उपस्थित रहेको थायो । विद्यालयका सहायक प्रधानाध्यापक बब्बु कुर्मीले कार्यक्रम संचालन गरेका थिए।
