
Ratbs
Pbu
Ssbus
Nssbus7
Jsbus
Amb
dsbus
Csbus
Rbs
Gsl
Ddhbs
Gsbus
gms
Bksbus5

Rgu
Rsb
Wsp
Vor
Pvg
Sls
Ggd
Asm
nsb
Rgu
Gst
Bbu
Ksm
Ssm
Tsm
Sbs
Bbbpu
Rgs
Hal

Abd
Rmb
Bml
Mks
Jmb
bbt
Syp
Gsb
Rpp
Ptm
sab
Jmb
Pls
काठमाडौं । अख्तियारले खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्ष विरुद्ध मुद्दा चलाएको हो ।
अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनका लागि शिक्षा विभागबाट अनुदान पाएको रकमबाट पुस्तकालय नै स्थापना नगरेको भन्दै अख्तियारले प्रधानाध्यापक कृष्णहरि भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा खानेपानी व्यवस्थापनको लागि पाएको रकमबाट कुनै काम नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले पुस्तकालयको मुद्दामा शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारले प्रधानाध्यापक भट्टराईविरुद्ध ४ लाख ६० हजार ४५५, शाक्यविरुद्ध ४ लाख १० हजार ४५५, व्यवस्थापन समिति अध्यक्ष अधिकारी विरुद्ध ३ लाख ४३ हजार र तत्कालीन शिक्षक लालबाबु पण्डितसँग ३ लाख ४३ हजार बिगो अख्तियारले दाबी गरेको छ ।
