
Ppu
Tgp
Rks
Ksb
Usb
Rsb
Ssb
Ksb
Csb
Gsb
Nsb
Ssb
Ksb
Bsn

Gsb
Usb
Tsb
Ssb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् ।
उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् । तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।
त्यस्तै जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि रहेको छ ।
