
Ksbus
Nssbush
Gis
Ksbus
Gsbus
Bsbus
bpmhl
Rsbus
Ksbus
Ses
Gis
Gsbus
Gms
Gis
Ssbus
ebg
Gsl
Gss
Lsbus
Lsbus

Rgu
Ksm
Ggd
Vor
Ssm
Rsb
Bbbpu
Hal
Rgs
Rgu
nsb
Tsm
Pvg
Bbu
Asm
Wsp
Sbs
Sls
Gst

Jmb
Syp
Pls
Rpp
Abd
Bml
sab
Rmb
Jmb
Ptm
Gsb
bbt
Mks
दाङ । देउखुरीको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा शुक्रबारबाट जारी भएको भारत- नेपाल मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले हात पारेको छ ।
भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डिया बाट आएको टोलि र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको आज दोस्रो दिनको पहिलो म्याच बिहान भएको खेलमा वारियर्सले जित्दै सिरिज पक्का गरेको हो ।
शनिबार बिहान ८ वजेबाट भएको सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतिय टिमले ९ दशमलव ५ बल खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर ४६ रन मै समेटियो । भारतिय टिमका लागि कनुरी साईरामले १९ रन र कोराई मणिकन्तले १० रन बनाए । भारतिय टिम लाई सस्तैमा रोक्न वारियर्सका दिवान पुनले ३दशमलव ५ ओभरमा १ मेडन राखी ४ रन खर्चेर ८ विकेट लिएका थिए । तेस्तै तुल बहादुर थापा र राज कुमार कुमालले समान १-१ विकेट लिए ।
जवाफी ४७ रनको लक्ष्य पछ्याएको वारियर्सले उक्त लक्ष्य ९ओभर पूरा खेल्दै आफ्नो २ विकेट गुमाएर ५० रन बनाउदै पूरा गर्यो । वारियर्सका लागि किशन भारतीले नटआउट २४ रन र मुनिन्द्र गुप्ताले १३ रन नटआउट बनाए । बलिङमा भारतिय टिमका मनिकन्तले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।यो खेल वारियर्सले ८ विकेटले विजयी भयो । उक्त खेलको म्यान अफ द म्याच वारियर्सका दिवान पुन भए । उनलाई वारियर्सका अध्यक्ष सरोज बस्नेतले म्यान अफ द म्याचको ट्रफी र अम्पायर दुर्गा प्रसाद गुप्ताले ५ विकेट हल को बल प्रदान गरे ।
तेस्तै शनिबार दिउँसो ३:३०बजे सुरु भएको सिरिजको अन्तिम औपचारिक खेलमा टस जितेर ब्याटिङ गरेको भारतिय टिमले १८ दशमलव ३ बल खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १३४ रन बनायो । उसका लागि नन्दपुरी रामुले ३१रन, एम द्वारका देशाईले २९रन र बिछुकरी अभिशेकले १४रन बनाए । बलिङमा वारियर्सका लागि सुरज खनालले ३ विकेट, अतितराज पाण्डे र राम बरन यादबले २-२ विकेट लिए । तेस्तै निशान केसि, मुनिन्द्र दास र अख्लेश चन्द गुप्ताले १-१ विकेट लिए ।
जवाफी १३५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको वारियर्स २० ओभर पूरा खेल्दै आफ्नो ९ विकेट गुमाएर मात्र ११७ रन बनायो । वारियर्सका लागि प्रसेस सुनमले ३० रन, मुनिन्द्र दासले २० रन र अख्लेश चन्द गुप्ताले १७ रन बनाए । बलिङमा भारतिय टिमका लागि के सुकुमार शनि र कप्तान शेख वाजिदले २-२विकेट लिए । तेस्तै के मनिकन्त, के साईराम, एम देशाई र साना शिव दिनेशले १-१ विकेट लिए । यो सङै यो खेल भारतिय टिमले १७ रनले विजयी हुँदै सान्त्वना जित गर्न सफल भयो ।
त्यस्तै यो खेलका म्यान अफ द म्याच भारतिय टिमका एम देसाई भए । उनलाई वारियर्सका प्रवन्ध निर्देशक रोहितराज बुढाथोकीले ट्रफी प्रदान गरे । तेस्तै सिरिजको पहिलो खेल वारियर्सले ७४ रनले जित्न सफल भएको थियो । यो सङै नेपाल- भारत मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले जित्न सफल रह्यो । यो प्रतियोगिताको उत्कृष्ट खेलाडी वारियर्सक मुनिन्द्र् दास भए । यो सङै उपबिजेता टिमले प्रमाण पत्र र बिजेता टिमले प्रमाणपत्र र प्रथम ट्रफी प्राप्त गरे ।

