
Ssb
Ksb
Tgp
Ppu
Ksb
Ssb
Rsb
Nsb
Csb
Usb
Ksb
Rks
Bsn
Gsb

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
ptl
Rgu
दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाउँकि २८ वर्षीय आरति रोका मगर भारतको गुजरातमा विगत एक वर्षदेखि डाइलासिस गर्दै आइरहेकि छिन् ।
भारतको गुजरात भल्सार जिल्लाको वापिको कोलिवारमा बस्दै आएकि आरति पहिले वैदेशिक रोजगारको सिलसिलामा दुबई गएको समय उनको मृगौलामा समस्या देखिएको थियो ।
दुबईमा गएको समयमा स्वास्थ्यमा समस्या आएपछि उनले त्यहाँको एक मेडिकलमा स्वास्थ्य चेकजाँच गराएकि थिइन् । चेकजाँच गराएपछि उनको मृगौलामा समस्या देखिएको थियो । त्यसपछि उनले डाक्टरको सुझाव अनुसार औसधि खादै आएकि थिइन् । तर पछि नेपाल फर्केर उनी भारतको गुजरातमा गएर चेक गराउदा दुवै मृगौला ड्यामिज भएको प्रमाणित भएपछि उनले अहिले भारतको गुजरात वापी रेम्बो हस्पिटलमा डाइलासिस गर्दै आएकि छिन् ।
त्यस्तै आरतिले विगत एक वर्षदेखि निरन्तर हप्तामा २ पटक डाइलासिस गर्ने गर्छिन् । डाइलासिस गर्दा एकपटकमा आइसी भारु २५०० सय रुपैयाँ खर्च लाग्ने गरेको उनकि बुवा धनिराम रोका मगरले जानकारी दिए । डाक्टरका अनुसार आरतिको मृगौला प्रत्यारोपण गर्नका लागि ५ लाख भारतीय रुपैयाँ भए मृगौला ट्रान्सफर गर्न सकिने समाजसेवी मोहन बिक जानकारी दिए । अहिले आरतिलाई अस्पताल लैजाने र ल्याउने कार्य मोहनले गरिरहेका छन् । भारतको त्यो बिरानो सहरमा अहिले नजिकको आफन्त भनेकै राजपुर-३ करङ्गाका मोहन बिक रहेका छन् ।
त्यसैगरी अहिले आरतिको उपचारका लागि भारतको गुजरातमा रहेको नेपाली एकता समाजसंग सहयोगको याचना गरिएको छ । यस्तै मृगौला प्रत्यारोपण गर्नका लागि देश बिदेशमा रहनु भएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सक्दो सहयोग गर्नका लागि आरतिको परिवारले आग्रह गरेको छ ।
सम्पर्कका लागि निम्न भारतीय नम्बरहरुमा सम्पर्क गर्न सकिने छ । +917383710417,आरतिको बैंक एकाउन्ट नम्बर 923010060102541,मोहन बिक +919173717648 सहयोग गर्न चाहने व्यक्तिले यी नम्बरहरुमा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।
