किरण विक्रम शाह मंगलबार, जेठ १५, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन जरुरि
रहेकाे वताएका छन् ।

वालश्रम,वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन । वालविवाह र वालश्रम राेक्न नसक्दासम्म समाज परिवर्तनसंगै विकासले गति नलिने उनको भनाइ छ ।
अध्यक्ष बुढाथोकीले भने “जब सम्म हरेक नागरिक शिक्षित हुदैन तव सम्म हामिले चाहेकाे जस्ताे विकास र परिवर्तन सम्भव हुदैन् ।”

राजपुर गाउँपालिकाले शिक्षामा ठुलाे लगानि गरेकाे वताउदै वालवालिकाहरुलाई नि:शुल्क शिक्षाकाे ब्यवस्था गरेकाे वताए । राज्यले नि:शुल्क शिक्षा ग्यारेन्टी गरेकाे हुँदा राजपुर गाउँपालिकाले याे ब्यवस्था लागू गरेकाे अध्यक्ष बुढाथोकीले बताए ।

त्यस्तै राजपुरगाउँपालिका उपाध्यक्ष धनपति यादवले वालविवाह जब सम्म राेक्न सकिँदैन तब सम्म आर्थिक,सामाजिक परिवर्तन सम्भव नभएको वताइन । उपाध्यक्ष यादवले पालिकाका वालवालिकाे सवालमा सधैं सचेत हुँदै वालमैत्रि कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे वताइन ।

सोमबारदेखि सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका विभिन्न ८ विद्यालयमा वालश्रम, वालविवाह न्युनिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । राजगुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीकाे अध्यक्षता तथा उपाध्यक्ष धनपति यादवकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएकाे कार्यक्रम सञ्चालन दुर्गा प्रसाद यादवले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]