
Ddhbs
Csbus
Ratbs
Rbs
Bksbus5
Nssbus7
Jsbus
Pbu
gms
Gsbus
Ssbus
dsbus
Gsl
Amb

Tsm
Pvg
Ssm
Wsp
Rgu
Sbs
Ggd
Hal
Sls
Rgs
nsb
Gst
Bbbpu
Asm
Rgu
Bbu
Vor
Rsb
Ksm

Rpp
Ptm
Mks
Rmb
Gsb
Pls
Bml
sab
Syp
Jmb
bbt
Jmb
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन जरुरि
रहेकाे वताएका छन् ।
वालश्रम,वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन । वालविवाह र वालश्रम राेक्न नसक्दासम्म समाज परिवर्तनसंगै विकासले गति नलिने उनको भनाइ छ ।
अध्यक्ष बुढाथोकीले भने “जब सम्म हरेक नागरिक शिक्षित हुदैन तव सम्म हामिले चाहेकाे जस्ताे विकास र परिवर्तन सम्भव हुदैन् ।”
राजपुर गाउँपालिकाले शिक्षामा ठुलाे लगानि गरेकाे वताउदै वालवालिकाहरुलाई नि:शुल्क शिक्षाकाे ब्यवस्था गरेकाे वताए । राज्यले नि:शुल्क शिक्षा ग्यारेन्टी गरेकाे हुँदा राजपुर गाउँपालिकाले याे ब्यवस्था लागू गरेकाे अध्यक्ष बुढाथोकीले बताए ।
त्यस्तै राजपुरगाउँपालिका उपाध्यक्ष धनपति यादवले वालविवाह जब सम्म राेक्न सकिँदैन तब सम्म आर्थिक,सामाजिक परिवर्तन सम्भव नभएको वताइन । उपाध्यक्ष यादवले पालिकाका वालवालिकाे सवालमा सधैं सचेत हुँदै वालमैत्रि कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे वताइन ।
सोमबारदेखि सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका विभिन्न ८ विद्यालयमा वालश्रम, वालविवाह न्युनिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । राजगुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीकाे अध्यक्षता तथा उपाध्यक्ष धनपति यादवकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएकाे कार्यक्रम सञ्चालन दुर्गा प्रसाद यादवले गरेका थिए ।
