
Pbu
Gsbus
Ddhbs
dsbus
Ssbus
Amb
Ratbs
Csbus
Gsl
Rbs
Nssbus7
gms
Jsbus
Bksbus5

Hal
Bbbpu
Bbu
Sbs
Asm
Ssm
Sls
Ggd
Ksm
Wsp
Vor
Rsb
Gst
Rgu
Rgs
Pvg
nsb
Tsm
Rgu

Abd
Bml
Jmb
Ptm
Mks
Syp
Gsb
sab
Jmb
Rmb
Rpp
Pls
bbt
दाङ । देउखुरीकोे राजपुर गाउँपालिका-२ मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि सदन विभाजन गरिएको छ ।
शैक्षिक सत्र २०८१ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरू प्रतिस्पर्धात्मक तरिकाले सञ्चालन गर्ने उद्देश्यले अध्ययनरत विद्यार्थीलाई दशरथ,गंगालाल,धर्मभक्त र शुक्रराज सदनमा विभाजन गरिएको विद्यालयका प्रधानाध्यापक केशव राम यादवले जानकारी दिए ।
दशरथ सदनबाट सदन क्याप्टेन आयुफ अहम्मद र सह–क्याप्टेनमा प्रतिमा बुढा, गंगालाल सदनबाट क्याप्टेन दोर्ण बहादुर यादव र सह–क्याप्टेनमा सुस्मिता चौधरी,धर्मभक्त सदनमा पवन वस्नेत क्याप्टेन र बाटुली चौधरी सह–क्याप्टेन, शुक्रराज सदनमा श्रवण यादव सदन क्याप्टेन र सिया वि.क. सह–क्याप्टेन चयन भएकोे बताइएको छ । शुक्रराज सदनमा रातो,धर्मभक्तमा हरियो, गंगालालमा पहेँलो र दशरथ सदनको निलो रिबन समेत छुट्याई दुई चुल्टी बाँध्ने नियम समेत लागू गरिएको छ।
त्यस्तै शैक्षिक सत्र २०८१ का लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि विद्यार्थीहरूबाट अतिरिक्त क्रियाकलाप संञ्चालन सहयाेग समिति गठन गरिएको छ । जसमा अस्मिता चौधरीको संयोजकत्वमा ९ जनाको समिति गठन भएको बताइएको छ । यस्तै रबिन चौधरीकोे संयोजकत्वमा ९ जना समिति सहित बाल इको क्लब गठन भएको बताइएको छ । विद्यालयमा गठित बाल इको क्लब मार्फत वातावरण संरक्षण, जीव तथा वन्यजन्तु संरक्षण सम्बन्धी सन्देश साथै चेतना फैलाउने उद्देश्य राखेर बाल इको क्लब गठन गर्ने गरेकाे गरिएको विद्यालय इको शिक्षक मिन बहादुर चौधरीले जाकारी दिए ।
विद्यालयमा सैद्धान्तिक ज्ञानको मात्र भण्डार नभई विद्यार्थीको संस्कारयुक्त जीवनोपयोगी, व्यावहारिक तथा नेतृत्व सिपको विकासमा पनि महत्वपूर्ण माध्यम बन्न सक्नेमा विद्यालयकाे जोड रहेको जनाएको छ।

