दिपक वली/घोराही सोमबार, बैशाख २४, २०८१

दाङ । गुरुकुल एकेडेमी तुलसिपुरद्वारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।

विद्यालयका विद्यार्थीहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको समन्वयमा राप्ती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शुसान्त गौतम र स्टाफ नर्स सुस्मिता भुषालले विद्यार्थीको परीक्षण गरेका हुन् ।

यस्तै गुरुकुल एकेडेमी लमहीले पनि विद्यार्थिहरुको स्वास्थ्य परीक्षण गरेको छ । गर्मी बढ्दै जादा विभिन्न स्वास्थ्य समस्या हुने कुरालाई विद्यालयले मध्यनजर गर्दै विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरीएको विद्यालयका शैक्षिक निर्देशक निमानन्द गैरेले बताए । गुरुकुल लमहीमा सरुमा अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सत्य प्रसाद बैद्यले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

यसै बिच दुबै विद्यालयमा विद्यार्थीलाई हात धुने, पोषणयुक्त खाना खाने र सरसफाइ लगायतका बारेमा जानकारी दिँदै अभ्यास समेत गराइएको थियो । यो कार्यक्रममा विद्यालयका बालबालिकालाई उपचार गराउन विद्यालयको नियमित कार्यक्रम अन्तर्गत भएको हो । गुरुकुल एकेडेमीले प्रत्येक वर्ष बार्षिक ४ पटकसम्म विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने तालिका बनाएको छ । सोहि अनुसार पहिलो स्वास्थ्य परीक्षण गरीएको हो ।

त्यस्तै यो कार्यक्रमले अभिभावक पनि निकै खुसि भएका छन । उनिहरुले साँचिकै गुरुकुल एकडेमी हाम्रा नानिबाबुको भविष्य प्रति निकै चिन्तित रहेको अनुभव समेत गरेका छन । गुरुकुल एकेडेमीका विद्यार्थीहरुको विशेष गरी उचाई,तौल, अक्सिजन लेभल ,पल्स रेट,ब्लड प्रेसर,तापक्रम र वरल हाइजिन लगायत सम्पूर्ण कुराहरुको परीक्षण गरीएको हो । परीक्षण पश्चात बालबालिकाहरुको स्वास्थ्य अबस्था बारे अभिभावकलाई समेत जानकारी गराइएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]