
Gisld
mbd
Sds
Mbdvs
Pbu
Rbs

Vor
Pvg
Hal
Asm
Ksm
Sls
Rgs
Bbu
Tsm
nsb
Wsp
Gst
Sbs
Ggd
Rsb
Ssm
Bbbpu
Rgu
Rgu

bbt
sab
Gsb
Mks
Jmb
Pls
Rpp
Ptm
Rmb
Jmb
Syp
Abd
Bml
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताएका हुन् ।
उहाँले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहोर्याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पुर्याउने प्रक्षेपण गरिएको जानकारी दिए ।‘आगामी बर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्नेछौं । आवश्यकता र औचित्यको आधारमा बजेट हुनेछ’उनले भने,‘पहिलो प्राथमिकता प्रदेश गौरव र बहुबर्षिय आयोजनालाई राख्नेछौं । दोस्रो प्राथमिकता अधुरा आयोजना सम्पन्न गर्ने हुनेछ । त्ययपछी मात्रै नयाँ आयोजना समावेश हुनेछन् ।’
मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए ।
जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई समेत अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उनले जानकारी दिए । संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उनको भनाइ थियो । लुम्बिनी प्रदेशले विगतको तुलनामा राजश्व संकलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजश्व संकलनमा लुम्बिनी अग्रस्थानमा रहेको बताए ।
कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
