
Gisld
Mbdvs
mbd
Pbu
Sds
Rbs

Asm
Gst
Hal
Rgs
Rgu
Bbbpu
Rsb
Wsp
nsb
Sbs
Pvg
Ggd
Ksm
Vor
Rgu
Tsm
Ssm
Sls
Bbu

Jmb
sab
Rpp
Abd
Rmb
bbt
Ptm
Gsb
Pls
Mks
Bml
Jmb
Syp
दाङ । गायक खेम भण्डारी र भ्यूमति बिष्टको स्वरमा रहेको नयाँ झ्याउरे गीत ‘स्वर्गद्वारी जलजला’ युट्युबमार्फत सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया बटुल्न थालेको छ ।
यस गीतमा विशेषगरी प्युठान र रोल्पा जिल्लाका ऐतिहासिक स्थल तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको आकर्षक वर्णन गरिएको छ। स्वर्गद्वारी, जलजला लगायतका प्राकृतिक तथा धार्मिक महत्त्व बोकेका स्थानहरूलाई गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ । गायक तथा स्रजक खेम भण्डारीले उक्त कोसेलीमा
गीतमा केवल स्थानहरुको वर्णन मात्र नभई माया–प्रेमका भावनात्मक शब्दहरु पनि समावेश गरिएका छन् । स्थानीय संस्कृति, प्राकृतिक सुन्दरता र प्रेम भावलाई एकैसाथ गाँस्दै गीतले श्रोतालाई भावनात्मक रुपमा जोड्ने प्रयास गरेको देखिन्छ ।
गीतका शब्द तथा लय खेम भण्डारीकै रहेको छ भने संगीत संयोजन खेमराज गौतमले गरेका हुन् । भिडियोमा तिलक शाहि ठाकुरी ‘चित्ती’को निर्देशन,विशाल परियारको छायांकन तथा अनिल बिष्ट प्युठानीको सम्पादन रहेको छ । कलाकार खेम भण्डारी र ममता राना मगरको अभिनय रहेको भिडियोले पनि गीतको भावलाई अझ प्रभावकारी बनाएको छ ।
नेपाली लोक झ्याउरे शैलीमा आधारित यो गीतले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । हाल यो गीत खेम भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=Ghec8ehz8ds
