
Bksbus5
Ddhbs
Ssbus
Csbus
Pbu
dsbus
Jsbus
gms
Amb
Rbs
Nssbus7
Gsl
Gsbus
Ratbs

nsb
Ssm
Ksm
Rgs
Rgu
Wsp
Sbs
Bbu
Rgu
Sls
Bbbpu
Gst
Pvg
Tsm
Hal
Rsb
Asm
Vor
Ggd

Mks
Ptm
Gsb
bbt
sab
Jmb
Syp
Rpp
Bml
Pls
Rmb
Abd
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ।
गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका सरोकारवालाहरुसंगको बृहत छलफल गरी मस्यौदा निर्माण गरिने शिक्षा शाखाले जनाएको छ । पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि सोमबार गढवा गाउँपालिकाको सभाहलमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुसंग बृहत छलफल गरी तह अनुसार समुह बनाई लिखित राय संकलन गरेको हो ।
कार्याशालालाई उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाणपत्र केन्द्रित हुँदा सिकाइ प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले गरेर सिक्ने सिकाइका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
गढवा गाउँपालिकाको शिक्षा नीति सबैभन्दा उत्कृष्ट शिक्षा निति निर्माणका लागि सबैको साथ सहयोग आवश्यक रहेकोले सम्बन्धित सरोकारवालाहरुसंग छलफल र लिखित राय संकलन गरेर अघि बढ्ने बताए । गढवा गाउँपालिकाले शिक्षाको क्षेत्रमा के गर्ने भन्ने बारे खाका तयार गरेर अघि बढ्ने बताए ।शिक्षामा सबैको अपनत्व हुने गरी लाग्न आवश्यक रहेको बताउदै शिक्षामा गुणस्तर सुधारका लागि सबै चिन्तित भएको बताए । शिक्षामा गुणस्तर सुधारका लागि शिक्षा योजना निर्माणको समयमा आफ्नो महत्त्वपूर्ण राय दिन सरोकारवालाहरुलाई अनुरोध समेत गरे ।
त्यसैगरी मंगलवार प्रधानध्यापक र वाल विकास शिक्षकहरुसंग छलफल गरी समूहगत रुपमा राय संकलन गरिने छ भने बुधवार गढवा गाउँपालिका शिक्षाप्रेमी,बुद्धिजिवि,अग्रज व्यक्तिहरुसंग छलफल गरि राय संकलन गर्ने र पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणको कार्य अघि बढाईने पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माण कार्यदलका संयोजक श्याम बहादुर बिकले जानकारी दिए । मस्यौदा निर्माण समितिका परामर्शकर्ता तथा शिक्षा बिज्ञ कमल शिलवालले योजना बिहिन गन्तव्य सफल नहुने भन्दै सफल शैक्षिक गन्तव्यका लागि योजना गन्तव्य निर्माणको लागि पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि कार्यशाला महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
सोमबार गढवा गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पञ्च वर्षिय गाउँ शिक्षा योजना निर्माणका लागि कार्याशालाको सुरु भएको छ। कार्यशालामा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघको अध्यक्ष, पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माण कार्यदलका सदस्य राम सुरत यादव, उपेन्द्र चालिसे, हरि पोख्रेल, गोबिन्द केसी, केशव राज शर्मा, पत्रकार लगायतकाको सहभागिता रहेको थियो । 

