हिमाल महरा/घोराही आइतबार, बैशाख १६, २०८१

दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो ।

शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १८ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । जसमा मनोज पुन मगरले २० रनको योगदान गरे भने अविनाशजंग रानाले १७ रनको योगदान गरेका थिए ।

त्यस्तै ९९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १५ ले ११.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । १५ नम्बरका लागि ओपनर व्याट्स म्यान बिसम थापाले ४९ रनको योगदान गरे भने शिशिर डाँगीले ३१ रनको योगदान गरे । प्रतियोगीताको म्यान अफ द म्याच बिसम थापा भएका थिए ।

यसैगरि प्रतियोगतिा अवधिभर उत्कृष्ट बलिङ गरेका किसन भारती बेस्ट बलर, शिशिर डाँगी बेस्ट ब्याट्स म्यान र म्यान अफ द सिरिज बिसम थापा घोषित भएको प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।

प्रतियोगीताको विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेता समूहले २५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगीतामा १२ समूह सहभागी रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]