दिपक वली/घोराही शुक्रबार, बैशाख १४, २०८१

दाङ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो ।

प्रतियोगिताका खेलहरु जेठ ५ गतेदेखि प्रत्येक शनिबार संचालन हुनेछन् । जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगितासँगै फुटसलका प्रतिभाहरुको प्रस्तुतीसहितको फ्रिस्टाईल स्कील च्यालेञ्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विषेश कला भएकाले प्रस्तुती गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ । प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीहरुमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]