
gms
Rbs
Ratbs
Jsbus
Gsbus
Pbu
Bksbus5
Ssbus
Gsl
Ddhbs
Amb
Csbus
dsbus
Nssbus7

Rgu
Bbu
Ggd
Vor
Gst
Wsp
Rgu
nsb
Asm
Tsm
Rsb
Pvg
Sls
Rgs
Hal
Ksm
Bbbpu
Sbs
Ssm

Mks
Jmb
sab
Ptm
Rmb
Gsb
Bml
Jmb
Syp
Rpp
Pls
bbt
Abd
दाङ । गुरुकुल एकेडेमीले सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुबाट साँस्कृतिक पोसाक सहित विद्यालयको पठनपाठन संचालन गरेको छ ।
गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुरले सम्पूर्ण जातजातिका साँस्कृतिक पोसाक सहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय संचालन गरेको हो । आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले बिगत २ वर्षदेखि साँस्कृतिक पोसाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै आएको छ ।
शिक्षा,संस्कार र संस्कृतिको त्रिवेणि भन्ने मुल नारालाई आत्मसात गर्दै गुरुकुल एकेडेमीले नियमित रुपमा सबै जातजातिका पोसाक झल्काउदै यो कार्यक्रम गर्दै आइरहेको छ । हरेक महिनाको पहिलो दिन विद्यार्थी तथा शिक्षकले आफ्नो जातिए पोसाक पहिरिने गरेका छन । यो कार्यक्रममले सम्पूर्ण विद्यार्थीहरु माझ आफ्नो जातिए पोसाक कुन हो , कसरी प्रयोग गर्ने भन्ने कुरा जानकारी पाउने र आफ्नो संस्कार जोगाउन सकिने भएका कारण कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भुगोल कँवर मगरले जानकारी दिए ।
कार्यक्रममा थारु,मगर,नेवार,गुरुङ,क्षेत्री लगायतका पोसाकहरु लगाइएको थियो । यसै बिच गुरुकुल एकेडेमी घोराहीले नव नियुक्त शिक्षकहरुलाई स्वागत पनि गरेको थियो । नव नियुक्त संस्कार प्रमुख भुगोल कवर मगर,अंग्रेजि शिक्षक राजन अधिकारी, सामाजिक शिक्षक लालमणि पोख्रेल र सुनिता बमलाई स्वागत गरिएको विद्यालयका प्रबक्ता तथा शिक्षक विबेक देवकोटाले जानकारी दिए ।
त्यस्तै बिशेष गरि आज बैशाख ९ गते साँस्कृतिक दिव भएकोले गुरुकुल एकेडेमी लमहीले विद्यालय संचालनको पहिलो वर्षको पहिलो दिन सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई सास्कृतिक भेष भुषामा सजिन लगाई सोहि सम्बन्धि सम्पूर्ण कक्षामा कार्यक्रमको आयोजना गरिएको गुरुकुल लमजीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिए । सोहि अनुसार गुरुकुल एकेडेमी तुलसिपुरले पनि कार्यक्रमको आयोजना गरेको छ ।
