शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, बैशाख ०७, २०८१

दाङ । गढवा गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कक्षा-८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सरकारी तथा निजि बिद्यालय,बिषयगत शिक्षक र विद्यार्थीहरुलाइ सम्मान गरेको छ ।

आधारभुत तह उत्तीर्ण परिक्षाको नतिजा विश्लेषण सहित सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरिएको गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

गतबर्ष गढवाले कक्षा ८ को परिक्षामा निकै निराशाजनक परिणाम ल्याएको थियो । गाउँपालिकाको पहलमा स्थानिय बिद्यालय र बिषयगत शिक्षकहरुले गुणस्तर वृद्धि गर्न अतिरिक्त कक्षा सन्चालन गरेपछी यस बर्षको नतिजामा सुधार आएको हो । आगामी बर्ष पठन-पाठनको गुणस्तरमा थप सुधार ल्याउन यसरी सम्मान कार्यक्रम राखिएको पालिकाले जनाएको छ ।

सम्मानित हुने बिद्यालयहरुमा सरकारी तर्फ सरस्वती आधारभुत बिद्यालय गढवा ७ चन्दनपुर तथा निजि बिद्यालयतर्फ प्रतिस्ठा एकेडमी कालाकाटे र कोशेली इङ्लिश बोर्डिङ स्कुल गढवा-२ महदेवा रहेका छन । यसैगरी उत्कृष्ट नतिजा ल्याउन मेहनत गर्नुहुने सम्बन्धित बिषयका शिक्षकहरुलाइ पनि गाउँपालिकाले सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा आधारभुत बिद्यालय कक्र्हवाका दामोदर रेग्मी, आधारभुत बिद्यालय चन्दनपुरका खिम बहादुर चौधरी, सम्झना वलि तथा जनमुखी माबी रङसिङका शिक्षकहरु ज्ञानहरि रिजाल, टिकाराम आचार्य र लेखराज पोख्रेल रहनु भएको छ । उत्कृष्ट बिद्यालय र शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान- पत्रले सम्मान गरिएको हो ।

त्यसैगरी उत्कृष्ट नतिजा ल्याउन सफल विभिन्न बिद्यालयका ४ जना बिद्यार्थीहरुलाइ पनि गढवा गाउँपालिकाले प्रशम्सा- पत्र प्रदान गरेको छ । यस्ता बिद्यार्थीहरुमा आधारभुत बिद्यालय बनघुस्रीका बिद्या थापा क्षेत्री, अमृत गिरि तथा संस्थागत तर्फ शुभतारा माबी गढवाका अप्सन ढुंगाना र मुनामिलन इङ्लिश बोर्डिङ स्कुल गढवा ४ का अनिषा चौधरी रहेका छिन् । कार्यक्रममा शिक्षाविज्ञ कमल सिलवालले शैक्षिक गुणस्तर सुधारका तरिकाहरुका बारेमा शेसन लिएका  थिए । गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको स्वागत मन्तब्यबाट आरम्भ भएको सम्मान कार्यक्रमको सहजिकरण श्याम बिकले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]