
Bksbus5
Ddhbs
Ssbus
dsbus
Jsbus
Ratbs
Nssbus7
Gsbus
Rbs
Csbus
Gsl
Pbu
Amb
gms

Gst
Sbs
Bbbpu
Ksm
nsb
Ggd
Vor
Rsb
Ssm
Rgs
Wsp
Hal
Sls
Rgu
Bbu
Asm
Tsm
Pvg
Rgu

Abd
Rmb
sab
Mks
Jmb
Pls
Ptm
Bml
bbt
Syp
Gsb
Rpp
Jmb
दाङ । गढवा गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कक्षा-८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सरकारी तथा निजि बिद्यालय,बिषयगत शिक्षक र विद्यार्थीहरुलाइ सम्मान गरेको छ ।
आधारभुत तह उत्तीर्ण परिक्षाको नतिजा विश्लेषण सहित सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरिएको गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
गतबर्ष गढवाले कक्षा ८ को परिक्षामा निकै निराशाजनक परिणाम ल्याएको थियो । गाउँपालिकाको पहलमा स्थानिय बिद्यालय र बिषयगत शिक्षकहरुले गुणस्तर वृद्धि गर्न अतिरिक्त कक्षा सन्चालन गरेपछी यस बर्षको नतिजामा सुधार आएको हो । आगामी बर्ष पठन-पाठनको गुणस्तरमा थप सुधार ल्याउन यसरी सम्मान कार्यक्रम राखिएको पालिकाले जनाएको छ ।
सम्मानित हुने बिद्यालयहरुमा सरकारी तर्फ सरस्वती आधारभुत बिद्यालय गढवा ७ चन्दनपुर तथा निजि बिद्यालयतर्फ प्रतिस्ठा एकेडमी कालाकाटे र कोशेली इङ्लिश बोर्डिङ स्कुल गढवा-२ महदेवा रहेका छन । यसैगरी उत्कृष्ट नतिजा ल्याउन मेहनत गर्नुहुने सम्बन्धित बिषयका शिक्षकहरुलाइ पनि गाउँपालिकाले सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा आधारभुत बिद्यालय कक्र्हवाका दामोदर रेग्मी, आधारभुत बिद्यालय चन्दनपुरका खिम बहादुर चौधरी, सम्झना वलि तथा जनमुखी माबी रङसिङका शिक्षकहरु ज्ञानहरि रिजाल, टिकाराम आचार्य र लेखराज पोख्रेल रहनु भएको छ । उत्कृष्ट बिद्यालय र शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान- पत्रले सम्मान गरिएको हो ।
त्यसैगरी उत्कृष्ट नतिजा ल्याउन सफल विभिन्न बिद्यालयका ४ जना बिद्यार्थीहरुलाइ पनि गढवा गाउँपालिकाले प्रशम्सा- पत्र प्रदान गरेको छ । यस्ता बिद्यार्थीहरुमा आधारभुत बिद्यालय बनघुस्रीका बिद्या थापा क्षेत्री, अमृत गिरि तथा संस्थागत तर्फ शुभतारा माबी गढवाका अप्सन ढुंगाना र मुनामिलन इङ्लिश बोर्डिङ स्कुल गढवा ४ का अनिषा चौधरी रहेका छिन् । कार्यक्रममा शिक्षाविज्ञ कमल सिलवालले शैक्षिक गुणस्तर सुधारका तरिकाहरुका बारेमा शेसन लिएका थिए । गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको स्वागत मन्तब्यबाट आरम्भ भएको सम्मान कार्यक्रमको सहजिकरण श्याम बिकले गरेका थिए ।

