दिपक वली/घोराही बुधबार, बैशाख ०५, २०८१

दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।

गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताए ।

गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई आगामि दिनको शुभकामना मन्तव्य दिँदै बिदाई हुनु एक नरमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नयाँ खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए ।

उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो । कक्षा १२ का छात्रा सजना पौडेलले पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पुर्‍याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिइन ।

कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि, विद्यालयका संयोजक महेन्द्र पौडेल , विद्यालयका प्लसटु बिज्ञान संयोजक अजय शाह, शिक्षकहरु विवेक देबकोटा , महाविर घर्ती बिद्यार्थिहरु स्विकृति आचार्य सम्भव योगि ,लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कक्षा ११ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा ११ छात्रा प्रेरणा वली , सुबिक्षा आचार्य र छात्र सक्षम पौडेल र सुसान्त रावतले गरेका थिय भने नेपाली बिषयका बिभागिय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]