
Ssbus
Lsbus
Gis
Gss
Ses
bpmhl
Ksbus
Ssbus
Ssbus
Gsl
Bsbus
Gis
Pbu
Gsbus
Lsbus
Gsbus
Ksbus
Rsbus
Nssbush
Gsbus

Rgu
Pvg
Hal
Vor
nsb
Asm
Ggd
Tsm
Rgs
Gst
Ssm
Wsp
Bbbpu
Sls
Sbs
Rsb
Ksm
Rgu
Bbu

bbt
Mks
sab
Rpp
Jmb
Gsb
Bml
Pls
Abd
Rmb
Ptm
Syp
Jmb
दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।
गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताए ।
गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई आगामि दिनको शुभकामना मन्तव्य दिँदै बिदाई हुनु एक नरमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नयाँ खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए ।
उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो । कक्षा १२ का छात्रा सजना पौडेलले पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पुर्याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिइन ।
कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा कृष्णराज डिसि, विद्यालयका संयोजक महेन्द्र पौडेल , विद्यालयका प्लसटु बिज्ञान संयोजक अजय शाह, शिक्षकहरु विवेक देबकोटा , महाविर घर्ती बिद्यार्थिहरु स्विकृति आचार्य सम्भव योगि ,लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कक्षा ११ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा ११ छात्रा प्रेरणा वली , सुबिक्षा आचार्य र छात्र सक्षम पौडेल र सुसान्त रावतले गरेका थिय भने नेपाली बिषयका बिभागिय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
