Sidha Patra आइतबार, बैशाख ०२, २०८१

दाङ । जिल्लाका केहि बिद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक कर्मचारी र जनप्रतिनिधीका वालवालीकाहरुले सरकारी बिद्यालयहरुमा पढ्नुपर्छ भन्ने अभियान चलिरहेको अवस्थामा गढवा गाउँपालिकाको वडानम्बर ६ ले पनि यो अभियानलाई उत्प्रेरित गर्न थालेको छ ।

आईतवार गढवा गाउँपालिका वडा नम्बर ६ का सबै बिद्यालयहरु,जनप्रतिनिधि र वडा कार्यालय एकजुट भएर पञ्चैबाजा बजाउँदै सरकारी बिद्यालयहरुमा बिद्यार्थी भर्नाको आव्हान गर्दै बिभिन्न गाउँहरु परिक्रमा गरेका छन् । बोर्डिङमा पढ्न नै गाह्रो छ, मलाई त सरकारी प्यारो छ । बोर्डिङमा पढ्दिन–म त सरकारी स्कूलमै पढ्छु । भन्ने गित र पञ्चैबाजाको रौनकताले आइतवार गढवाका गाउँ–गाउँ र बजारमा नौलो अभियानको रौनकता छाएको आभाष भल्किन्थ्यो ।

सबै वालवालीकाको बिद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको गढवा गाउँपालिकाले जनाएको छ । नेपाल सरकारका शिक्षक,कर्मचारी र जनप्रतिनिधीहरुले नैतिक रुपमा आफ्ना वालवालीकाहरुलाई सरकारी विद्यालयमा पढाउने अभियानलाई उत्प्रेरित गर्न यस्तो अभियान संचालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए । शिक्षा अर्जन गर्ने नैसर्गिक अधिकारबाट वालवालिकाहरुलाई कसैले पनि वञ्चित गर्न नमिल्ने र सबै शिक्षक कर्मचारी र जनप्रतिनिधिहरुले समेत नैतिक रुपमा सरकारी बिद्यालयहरुमा आफ्ना वालवालीका पढाउन उनले आव्हान गरे ।

कानूनतः दवाब दिन मिल्दैन तर नैतिक रुपमा गुणस्तर सुधारकालागि सबैले सरकारी बिद्यालयमा पठाउने अभियानलाई सहयोग गर्नुपर्छ–अध्यक्ष शर्माले भने । गतबर्ष गढवाका सबै सरकारी बिद्यालयहरुको कक्षा ८ को नतिजा निकै निराशाजनक आएपछि त्यसलाई निर्मम समिक्षा गर्दै यसबर्ष सबैजसो बिद्यालयहरुमा अतिरिक्त कक्षा संचालन गरेपछि सबैको प्रयासबाट अहिलेको रिजल्ट सुधारगर्न सफल भएको शर्माले बतए । सरकारी बिद्यालयहरुमा गुणस्तर सुधारकालागि गाउँपालिकाले थुपै्र योजनाहरु बनाएर काम गरिरहँदा सन्तोषजनक परिणाम आएको उनले बताए ।

आईतवार जनता माबि गढवाको प्राङ्गणबाट निस्किएको सरकारी बिद्यालयका शिक्षकहरु, बिद्यालय ब्यवस्थापन समिति र जनप्रतिनिधीहरुको पञ्चैबाजा सहितको र्‍यालीले बुद्धज्योतीरोड, बनकट्टी,थानदेउखुरी हुँदै गढवा बजार परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा ब्यक्तिगत घटना दर्ता समयमै गर्न नागरिकहरुलाई सचेतना समेत प्रवाह गरिएको थियो । बिद्यालय जानबाट कुनैपनि परिवारले वालवालिकाहरुलाई वञ्चित गर्न नमिल्ने यदि यसो गरेको पाईएमा सेवा सुविधाहरु समेत रोकेर वालवालीकाहरुलाई पढाउने दायित्व स्थानीय सरकारले लिने बताए ।

पढाउनै नसक्ने बिपन्न परिवारलाई हामीले के सहयोग गर्नुपर्छ वडामा आएर गुनासो राख्नुस तर सबैले सरकारी विद्यालयमा वालवालीकाहरु पठाउनुस कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बिरबहादुर आलेमगरले भने ।
वडा अध्यक्ष आलेको अध्यक्षता र गाउँपालिका अध्यक्ष पोखे्रलको प्रमुख आतिथ्यमा भएको कोणसभामा सर्बोदय प्राबिका बिव्यस अध्यक्ष महेश कुमार अधिकारी,जनता माबिका अध्यक्ष गणेश कुमाल र प्रअ रामसुरत यादव लगायतले बोलेका थिए । गढवा गाउँपालिका सामाजिक सुरक्षा शाखाका प्रमुख ऋषि यादवको स्वागत मन्तब्यबाट सुरु भएको सभालाई शिक्षक हरि पोख्रेलले सहजिकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]