
Pbu
Rbs
dsbus
Gsl
Jsbus
Csbus
gms
Ratbs
Nssbus7
Amb
Bksbus5
Ddhbs
Ssbus
Gsbus

Sbs
Rsb
Gst
Rgu
Bbbpu
Asm
nsb
Vor
Sls
Hal
Wsp
Tsm
Bbu
Pvg
Ssm
Rgu
Ksm
Ggd
Rgs

Pls
Gsb
Bml
Jmb
Rpp
Abd
bbt
Rmb
sab
Ptm
Jmb
Mks
Syp
दाङ । जिल्लाका केहि बिद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक कर्मचारी र जनप्रतिनिधीका वालवालीकाहरुले सरकारी बिद्यालयहरुमा पढ्नुपर्छ भन्ने अभियान चलिरहेको अवस्थामा गढवा गाउँपालिकाको वडानम्बर ६ ले पनि यो अभियानलाई उत्प्रेरित गर्न थालेको छ ।
आईतवार गढवा गाउँपालिका वडा नम्बर ६ का सबै बिद्यालयहरु,जनप्रतिनिधि र वडा कार्यालय एकजुट भएर पञ्चैबाजा बजाउँदै सरकारी बिद्यालयहरुमा बिद्यार्थी भर्नाको आव्हान गर्दै बिभिन्न गाउँहरु परिक्रमा गरेका छन् । बोर्डिङमा पढ्न नै गाह्रो छ, मलाई त सरकारी प्यारो छ । बोर्डिङमा पढ्दिन–म त सरकारी स्कूलमै पढ्छु । भन्ने गित र पञ्चैबाजाको रौनकताले आइतवार गढवाका गाउँ–गाउँ र बजारमा नौलो अभियानको रौनकता छाएको आभाष भल्किन्थ्यो ।
सबै वालवालीकाको बिद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको गढवा गाउँपालिकाले जनाएको छ । नेपाल सरकारका शिक्षक,कर्मचारी र जनप्रतिनिधीहरुले नैतिक रुपमा आफ्ना वालवालीकाहरुलाई सरकारी विद्यालयमा पढाउने अभियानलाई उत्प्रेरित गर्न यस्तो अभियान संचालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए । शिक्षा अर्जन गर्ने नैसर्गिक अधिकारबाट वालवालिकाहरुलाई कसैले पनि वञ्चित गर्न नमिल्ने र सबै शिक्षक कर्मचारी र जनप्रतिनिधिहरुले समेत नैतिक रुपमा सरकारी बिद्यालयहरुमा आफ्ना वालवालीका पढाउन उनले आव्हान गरे ।
कानूनतः दवाब दिन मिल्दैन तर नैतिक रुपमा गुणस्तर सुधारकालागि सबैले सरकारी बिद्यालयमा पठाउने अभियानलाई सहयोग गर्नुपर्छ–अध्यक्ष शर्माले भने । गतबर्ष गढवाका सबै सरकारी बिद्यालयहरुको कक्षा ८ को नतिजा निकै निराशाजनक आएपछि त्यसलाई निर्मम समिक्षा गर्दै यसबर्ष सबैजसो बिद्यालयहरुमा अतिरिक्त कक्षा संचालन गरेपछि सबैको प्रयासबाट अहिलेको रिजल्ट सुधारगर्न सफल भएको शर्माले बतए । सरकारी बिद्यालयहरुमा गुणस्तर सुधारकालागि गाउँपालिकाले थुपै्र योजनाहरु बनाएर काम गरिरहँदा सन्तोषजनक परिणाम आएको उनले बताए ।
आईतवार जनता माबि गढवाको प्राङ्गणबाट निस्किएको सरकारी बिद्यालयका शिक्षकहरु, बिद्यालय ब्यवस्थापन समिति र जनप्रतिनिधीहरुको पञ्चैबाजा सहितको र्यालीले बुद्धज्योतीरोड, बनकट्टी,थानदेउखुरी हुँदै गढवा बजार परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा ब्यक्तिगत घटना दर्ता समयमै गर्न नागरिकहरुलाई सचेतना समेत प्रवाह गरिएको थियो । बिद्यालय जानबाट कुनैपनि परिवारले वालवालिकाहरुलाई वञ्चित गर्न नमिल्ने यदि यसो गरेको पाईएमा सेवा सुविधाहरु समेत रोकेर वालवालीकाहरुलाई पढाउने दायित्व स्थानीय सरकारले लिने बताए ।
पढाउनै नसक्ने बिपन्न परिवारलाई हामीले के सहयोग गर्नुपर्छ वडामा आएर गुनासो राख्नुस तर सबैले सरकारी विद्यालयमा वालवालीकाहरु पठाउनुस कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बिरबहादुर आलेमगरले भने ।
वडा अध्यक्ष आलेको अध्यक्षता र गाउँपालिका अध्यक्ष पोखे्रलको प्रमुख आतिथ्यमा भएको कोणसभामा सर्बोदय प्राबिका बिव्यस अध्यक्ष महेश कुमार अधिकारी,जनता माबिका अध्यक्ष गणेश कुमाल र प्रअ रामसुरत यादव लगायतले बोलेका थिए । गढवा गाउँपालिका सामाजिक सुरक्षा शाखाका प्रमुख ऋषि यादवको स्वागत मन्तब्यबाट सुरु भएको सभालाई शिक्षक हरि पोख्रेलले सहजिकरण गरेका थिए ।

