
Ratbs
gms
Amb
Csbus
Rbs
Gsl
Gsbus
Ssbus
Pbu
dsbus
Jsbus
Ddhbs
Nssbus7
Bksbus5

Ssm
Rgu
nsb
Rsb
Hal
Wsp
Bbbpu
Ggd
Tsm
Sls
Gst
Ksm
Pvg
Rgs
Bbu
Rgu
Asm
Vor
Sbs

Jmb
sab
Syp
Bml
Ptm
Rpp
Rmb
Gsb
bbt
Mks
Jmb
Pls
Abd
दाङ । गुरुकुल एकेडेमी लमहीले बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रमा प्लेग्रुपदेखी कक्षा ९ सम्म पढाइ सञ्चालन गर्ने भएको छ ।
स्थानीय सरकार लमही नगरपालिकाले विद्यालय सञ्चालनका लागी अनुमती प्रदान गरेको र विद्यालयले पुर्याउनुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरेर पठनपाठन सञ्चालन गर्न थालिएको विद्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । अंक केन्द्रित शैक्षणिक परम्परालाई तोड्दै जीवन उपयोगी र व्यवहारिक शिक्षालाई महत्व दिइएको विद्यालयका अध्यक्ष ईञ्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।
‘पूर्वीय सभ्यता र पश्चिमी दर्शनलाई फ्यूजन गरी वर्तमान शिक्षलाई प्रभावकारी बनाउन विद्यालयको नामाकरणनै गुरुकुल एकेडेमी राख्यौं’पत्रकार सम्मेलनमा घिमिरेले भने,‘गुरुकुल एउटा सोंच हो । यो सोंचले पूर्ण मानव बनाउने परिकल्पना राखेको छ । हामी यसमा स्पष्ट छौं ।’ विद्यालयले आफ्नै शिक्षण विधि निर्माण गरेर कार्यान्वयन गर्ने जनाएको छ ।
त्यस्तै ६० प्रतिशत शैद्धान्तीक र ४० प्रथितशत प्रयोगात्मक अभ्यास गराइने, अतिरिक्त क्रियाकलपामा बिशेष जोड दिइने, कक्षा सञ्चालन विहान साढे ८ बजे देखी बेलुका साढे ४ बजेसम्म हुने,खाजा,खाना विद्यालयमा उपलब्ध गराइने, विद्यार्थीको रुची अनुसारको शैक्षिक वातावरण तयार पारिएको विद्यालयका शैक्षिक निर्देशक निमानन्द गैरेले जानकारी दिए ।
विद्यालयमा प्रयाप्त खेलमैदान सहित खेलकुद सामाग्री रहने,स्वीमिङ पुल,सुरक्षित र मनोरम वातावरण,दक्ष र अनूभवी शिक्षक,चुस्त प्रशासन तयार पारिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विद्यालयले कक्षा तीनदेखी सातसम्म संस्कृत पढाई समेत गर्ने भएको छ । एउटा कक्षामा संस्कृती पढाई हुने,त्यस भित्र एउटा पाठ अनिवार्य रुपमा गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ र यसको ईतिहाँसको बारेमा विद्यार्थीलाई पढाइने विद्यालयका अध्यक्ष घिमिरेले घोषणा गरे ।‘हामी जहाँ उभिएका छौं यो सिद्धरत्ननाथ मठको पवित्र भूमि हो । यो २५ बर्षका लागि लिजमा लिएर यहाँ शिक्षाको मन्दिर स्थापना गरेका छौं । यहाँ संस्कृतसंगै रतननाथको बारेमा पनि पढाई चलाउछौं’घिमिरले भने,‘यसरी विद्यार्थीमा नयाँ ज्ञान सहित संस्कार सहितको शिक्षा दिन खोजेका हौं ।’
गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाको अध्यक्षता तथा एकेडेमीका अध्यक्ष ईञ्जिनियर अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले बोलेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक सुमन भण्डारीले गरेका थिए ।

