दिपक वली/घोराही मंगलबार, चैत्र २७, २०८०

दाङ । गुरुकुल एकेडमी लमही र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थीहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।

प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुको भर्ना सहित मासिक शैक्षिक शुल्कमा पुर्ण रुपले छात्रबृति हुने छ भने दोस्रो स्थान हासिल गरेको विद्यार्थीहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा ५० प्रतिशत छुट हुने र तेस्रो स्थान हासिल गरेको विद्यार्थीहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा २५ प्रतिशत छुट हुने बिद्यालयले बताएको छ ।

यस्तै छात्रबृति प्राप्त गर्नको लागि गुरुकुल एकेडमी तुलसिपुरको २०८१ बैशाख ३ गते हुने प्रवेश परीक्षा र लमहीको २०८० चैत्र ३० गते हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भई २०८१ बैशाख ५ गते भित्र भर्ना गरीसक्नुपर्ने पनि अध्यक्ष ई. घिमिरेले बताए । २०७२ सालमा घोराहीमा संचालनमा आएको गुरुकुल एकेडेमीले तुलसिपुर र लमहीमा पनि शैक्षिक सत्र २०८१ बाट विद्यालय संचालनमा ल्याउन लागेको हो ।

त्यस्तै विद्यालय संचालनको पहिलो बर्ष गुरुकुल एकेडेमी लमही र तुलसिपुरले छात्रबृति योजना ल्याएको हो । विद्यालयको सम्पुर्ण भौतिक संरचना निर्माण सम्पन्न गरी पठनपाठन संचालन गर्ने तयारी गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]