
gms
Ddhbs
Jsbus
Bksbus5
Nssbus7
Rbs
Amb
Gsl
Pbu
dsbus
Gsbus
Ssbus
Csbus
Ratbs

Sls
Asm
Rgs
Vor
Wsp
Ggd
Rsb
Tsm
Rgu
Gst
Pvg
Rgu
Ksm
nsb
Bbu
Ssm
Sbs
Hal
Bbbpu

bbt
Rpp
Gsb
Syp
Abd
sab
Rmb
Bml
Jmb
Mks
Ptm
Jmb
Pls
दाङ । गुरुकुल एकेडमी लमही र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थीहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।
प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुको भर्ना सहित मासिक शैक्षिक शुल्कमा पुर्ण रुपले छात्रबृति हुने छ भने दोस्रो स्थान हासिल गरेको विद्यार्थीहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा ५० प्रतिशत छुट हुने र तेस्रो स्थान हासिल गरेको विद्यार्थीहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा २५ प्रतिशत छुट हुने बिद्यालयले बताएको छ ।
यस्तै छात्रबृति प्राप्त गर्नको लागि गुरुकुल एकेडमी तुलसिपुरको २०८१ बैशाख ३ गते हुने प्रवेश परीक्षा र लमहीको २०८० चैत्र ३० गते हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भई २०८१ बैशाख ५ गते भित्र भर्ना गरीसक्नुपर्ने पनि अध्यक्ष ई. घिमिरेले बताए । २०७२ सालमा घोराहीमा संचालनमा आएको गुरुकुल एकेडेमीले तुलसिपुर र लमहीमा पनि शैक्षिक सत्र २०८१ बाट विद्यालय संचालनमा ल्याउन लागेको हो ।
त्यस्तै विद्यालय संचालनको पहिलो बर्ष गुरुकुल एकेडेमी लमही र तुलसिपुरले छात्रबृति योजना ल्याएको हो । विद्यालयको सम्पुर्ण भौतिक संरचना निर्माण सम्पन्न गरी पठनपाठन संचालन गर्ने तयारी गरेको छ ।
