Sidha Patra मंगलबार, चैत्र २७, २०८०

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ ।

शिक्षा ऐन विपरीत व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै महेन्द्र मावि तुलसीपुरका अरून लहरे,जनता मावि बिजौरीका हिमबहादुर डाँगी,मावि अश्वारका किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्कालाई पदबाट बर्खास्त गरिएको उपहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

उनीहरू यसअघि सर्वसम्मत व्यवस्थापन समितिका अध्यक्ष भएका थिए । उनीहरूविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीमा चारै जना अध्यक्ष गैर अभिभावक भएकाले छानविन गर्न माग गरिएको थियो । उजुरी पश्चात् अख्तियारले छानविन गरी सत्यतथ्य विवरण जानकारी गराउन उपमहानगरलाई निर्देशन दिएको थियो । छानविन गर्दा उनीहरू चारैजना गैर अभिभावक भएको पाइएपछि चैत २५ गते बसेको शिक्षा समितिको बैठकले पदबाट हटाउने निर्णय गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]