
Pbu
ebg
Lsbus
Gsbus
Gis
Ssbus
Gss
Gsbus
Gis
Gsbus
Ses
Ssbus
Bsbus
bpmhl
Gsl
Rsbus
Nssbush
Ksbus
Ssbus
Gms

Ggd
Bbbpu
nsb
Sbs
Rgu
Gst
Vor
Asm
Hal
Tsm
Sls
Bbu
Ksm
Rgu
Rsb
Pvg
Wsp
Ssm
Rgs

Pls
Jmb
sab
Abd
Mks
Rmb
Ptm
Gsb
bbt
Bml
Rpp
Jmb
Syp
काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । गुजरातका लागि कप्तान उमंग रोहित कुमारले ४० रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै आर्यन दतले ३६ रन तथा रुद्र मयुर पटेलले १७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जयमित पटेल र हर्स के देसाईले समान १५ रन बनाएका थिए।
नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रन बनाए । त्यस्तै, कुशल मल्ल १३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेल १९ रनमा आउट हुँदा आरिफ शेखले ३४ रन जोडेका थिए । गुजरातका लागि सेन पटेल, तेजस पटेल, जला युवराजसिंह र जमित पटेलले समान १ विकेट लिएका थिए ।
प्रतियोगितामा नेपालले गुजरातलाई तेस्रो पटक हराउँदै उपाधि जितेको हो। सिरिजको लिग चरणमा भएका दुवै खेलमा नेपालले गुजरातलाई हराएको थियो। नेपालले लिग चरणको पहिलो खेलमा ८ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा ८ रनको जित हासिल गरेको थियो । यस्तै,अर्को टोली बरोडालाई पहिलो खेलमा २७ रनले हराएको नेपालले अन्तिम खेलमा भने बरोडासँग ३७ रनले पराजित हुन पुगेको थियो ।
नेपालले अर्को सातादेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमण गरेको हो। एसिया कप छनोटको आधारका रुपमा रहेको प्रिमियर कपमा नेपाल विजेताको लक्ष्यमा रहेको छ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउने छ। नेपाल भारतबाटै ओमान प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
