Sidha Patra आइतबार, चैत्र २५, २०८०

काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

त्यस्तै नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । गुजरातका लागि कप्तान उमंग रोहित कुमारले ४० रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै आर्यन दतले ३६ रन तथा रुद्र मयुर पटेलले १७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जयमित पटेल र हर्स के देसाईले समान १५ रन बनाएका थिए।

नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रन बनाए । त्यस्तै, कुशल मल्ल १३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेल १९ रनमा आउट हुँदा आरिफ शेखले ३४ रन जोडेका थिए । गुजरातका लागि सेन पटेल, तेजस पटेल, जला युवराजसिंह र जमित पटेलले समान १ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालले गुजरातलाई तेस्रो पटक हराउँदै उपाधि जितेको हो। सिरिजको लिग चरणमा भएका दुवै खेलमा नेपालले गुजरातलाई हराएको थियो। नेपालले लिग चरणको पहिलो खेलमा ८ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा ८ रनको जित हासिल गरेको थियो । यस्तै,अर्को टोली बरोडालाई पहिलो खेलमा २७ रनले हराएको नेपालले अन्तिम खेलमा भने बरोडासँग ३७ रनले पराजित हुन पुगेको थियो ।

नेपालले अर्को सातादेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमण गरेको हो। एसिया कप छनोटको आधारका रुपमा रहेको प्रिमियर कपमा नेपाल विजेताको लक्ष्यमा रहेको छ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउने छ। नेपाल भारतबाटै ओमान प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]