टेकबहादुर पुन/जिल्ला ब्युरो मंगलबार, चैत्र २०, २०८०

दाङ । सरकारले विकासका निम्ति योजना छुट्याउँछ । स्थानियको मागलाई मध्यनजर गरि तिनैथरीका सरकारले विकास निर्माणमा जोड दिएको देखिन्छ । विकास निर्माण हुने कतिपय स्थान बनका क्षेत्राधिकार अन्तरगत पनि पर्दछन ।

सरकारले विभिन्न प्रक्रिया मार्फत काम शुरु गराउँछ । तर आफ्नो क्षेत्राधिकार पर्ने स्थानमा बन रोक्न गईपुग्छ । नियम ऐनलाई टेकेर नै उनिहरु रोक्न पुगेका हुन्छन । बन कार्यालय पनि जनताको सरकार भएकाले रोक्नुपर्ने दायित्व रहन्छ । यसरी सरकार र बनको नियम बाँझिदा प्रत्यक्ष असर जनतालाई परेको देखिन्छ । सरकारले जनताको हितका निम्ति विकास निर्माणमा जोड दिएको हुन्छ । तर बनले आफ्नो प्रक्रिया रहेको बताउँदै रोकेको अथवा काममा ढिलासुस्ती भएका थुप्रै उदाहरण छन । स्थानियका निम्ति आफ्नो ठाउँमा विकास हुनुलाई राम्रो ठानिएपनि बन ऐन बाँझिदा सास्ती भएको देखिन्छ ।

बनले रोक्ने मात्र कुरा नभएर योजनाका निम्ति बनमा पाईने ढुङ्गा,काठ लगायतका पदार्थ नपाउँदापनि सरकारको विकास निर्माणको काम सुस्तगतिमा चलेको थुप्रै उदाहरण छन । दाङ देउखुरीको हुलाकी राजमार्ग निर्माणका क्रममा बिचमा रुखपर्दा काम नै केही दिन रोकियो । सरकारले करौडौ लगानी गरेको राप्ती तट्बन्ध योजनापनि ढुङ्गाको अभाबले सुस्तगतीमा छ । बड्कापथ सिँचाई आयोजनामा पनि केही जटिल्ता थपिरहन्छन । यी सबै बन ऐनको प्रतिफल हो ।

स्थानिय सरकारले लगानी गरेका योजनाहरु ब्यबहारिक्तामा काम भएपनि ठुला योजनाहरुमा बन ऐनले असर पारेको देखिन्छ । योजना मात्र नभएर सुकुमबासी समस्या समाधानमा पनि बन ऐनले कतिपय क्षेत्रमा असर पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० मँसिर ११ गते माओबादी केन्द्रको वेबसाईड सार्बजनिक गर्दै बन ऐन संशोधन गरिने बताएका थिए । तर संशोधन हुन सकेको छैन ।

स्थानीय सरकारको लगानीमा केही काम त ब्यबहारिक्तामा पनि भएका छन तर धेरैजसो बाटोहरुमा बिचमै रुखहरु देखिन्छन । योजनाको नाममा रुख काट्न बन ऐनले सख्त मनाही गरेको छ । बिचबाटोमै रुख हुँदा केही जटिल्ता थपिएका छन । लमही नगरपालिका वडा नम्बर ७ भित्रि कप्तानगञ्ज र जनकपुरमा गत आर्थिकबर्षमा फराकिला भएका केही बाटोहरुमा बिचमै रुखहरु छन । योत उदाहरण मात्र हुन । धेरै स्थानका भित्रि गल्लीहरुमा बाटोमै रुखहरु भेटिन्छन । स्थानिय निर्माण उपभोक्ता समितिका पदाधिकारीले रुख काटियो भने मुद्दा लाग्ने होकि भन्ने डरले बाटोमै रुख छाडिएको बताए ।

कतिपय योजनामा बनका काठ, ढुँगा आबस्यक पर्छन । तर काठ, ढुङ्गा निकासीमा बन ऐनले रोक्दा समृद्दीको लागि बन्दै गरेका योजनाहरुमा अबरोध खडा भईदिन्छ । जसले गर्दा थप समस्या पैदा हुने गरेको छ । बनको नीति अनुसार योजनाका नाममा रुख काट्नै पाईदैन । तर सरकारले बाटो तथा पुल पुलेसा,नाला बनाउँदा कतिपय बनक्षेत्रकै जमिन खोलाहरु पर्छन । देशमा अधिकांस बनक्षेत्र पर्दछन । बाझिएको कानुनले देशको समृद्धिमा ठेस पुराउँदै आईरहेको देखिन्छ ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सरकार र बनको नीति आपसमा मेल नभएको प्रती दुख ब्यक्त गरे । बनको नीति अनुसार नगरका योजनाहरु उल्लेख्य मात्रामा गर्न नसकिरहेको उनले बताए । सँरचना निर्माणका निम्ति सामुदायिक बनक्षेत्रका उपभोग्य पदार्थ निकासीमा बनको कानुनले बन्देज गर्ने हुँदा कतिपय योजना असफल भईरहेको उनले महसुस गरे । नगरपालिकाले काम गर्न नसकेको आलोचना सुनिरहेका प्रमुख चौधरीले प्राकृतिक उपभोग्य पदार्थ निकासीमा बनको नीतिले रोक्ने र त्यसको प्रत्यक्ष असर नगरपालिकाले ब्यहोर्नु परिरहेको बताए ।

चौधरीले काम गर्न खोजेपनि नितिहरुले अप्ठेरो पार्ने भएकाले निति संशोधन हुनुपर्ने बताए । अब हुने कामहरु बन कार्यालयसँग सहकार्य गरि निरन्तर कामहरु अघि बढाउने बताउँदै उनले नगरको काम कारबाहीमा आलोचना भन्दापनि सबै नगरबासीले सल्लाह सुझाब ब्यक्त गर्नुहुन अनुरोध गरे । ‘हामिलाई सल्लाह दिनुस, हामी काम गर्न आएको हो, बननितीले रोक्ने भएपनि केही काम ब्यबहारिक्तामा भएका छन, त्यसै अनुरुप हामी काम गर्नेछौ प्रमुख चौधरीले भने-नगरको बिकाशका निम्ति सबै नगरबासीको सल्लाह सुझाब आबस्यक छ, हामीलाई सबै सरकारी सँस्था,बनकार्यालय तथा नगरबासीको सहयोग आबस्यक पर्छ ।’ सरकारको योजनामा बनको नीति तगारो बनेको उनले गुणासो गरेका छन ।

यता डिभिजन बन कार्यालय देउखुरीका डिभिजनल प्रमुख राजु क्षेत्रीले नितिगत समस्या भएको महसुस गर्दै उनले पालिकासँग आपसी समजदारीमा काम गर्ने बताए । आबस्यक्ता अनुसार ब्यहारिक्तामै काम हुने गरेको र साँच्चिकै नीति नियममा जानुपर्दा प्रक्रिया थुप्रै भएको बताए । ‘ऐनहरु बाँझिएको छ, केन्द्रबाट संशोधन भए केही सहज होला प्रमुख क्षेत्रीले भने-हाम्रो क्षेत्राधिकार पर्ने क्षेत्रको रेखदेख गर्नु हाम्रो दायित्व हो, प्रक्रियामै जाने हो भने त स्थिती जटिल पनि बन्न सक्छ अथवा कामपनि सजिलै हुन सक्छ नि!’ बन क्षेत्रमा कुनैपनि काम गर्दा योजनामा राखेर संघिय बिकाश मन्त्रालयको आयोजना रिपोर्ट, कार्यदलको छानबिन,डिपिआर जस्ता प्रक्रियाले बैधानिकता दिने हो । तर स्थानीयको सहजतालाई बुझी केही कामहरु ब्यबहारिक्तामा पनि भएका छन नि उनले भने । बिचबाटोमै रुख भएकोमा उनले खुसी ब्यक्त गर्दै नागरिक सचेत भएकोमा खुसी ब्यक्त गरे ।
‘नागरिक सचेत छन, सचेत नभए रुख पनि ढल्थे नि, बाटो पनि बन्यो रुखपनि बच्यो उनले भने-योत नागरिक सचेत भएको उदाहरण हो, यसप्रती खुसी लागेको छ ।’

देउखुरीका केही बाटाहरुमा बिचमै रुख भएको धेरै त्यस्ता बाटाहरु भएको र भइपरीको अबस्थामा स्थानीय बनले हटाउन सक्ने उनले बताए । प्रक्रियागत रुपमा डिभिजनल अधिकृतको अध्यक्षतामा बनेको ‘जोखिम युक्त ब्यबस्थापन समिति’ मा रहेका सरकारी पदाधिकारीहरुको बैठक ‘जोखिम युक्त’ को निस्कर्षमा पुगेपछि रुख हटाउन सकिने उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]