
Gsbus
Gsl
Gsbus
Ses
Ksbus
Pbu
Ksbus
Gis
Ksbus
Bsbus
Gss
Gis
Rsbus
Ssbus
bpmhl
Ssbus
Gms
Ssbus
Gis
Lsbus

Tsm
Hal
Bbu
Rgu
Rgs
Rgu
Asm
Vor
nsb
Pvg
Rsb
Ksm
Ssm
Gst
Wsp
Bbbpu
Sls
Ggd
Sbs

Pls
Bml
Rmb
Ptm
Rpp
sab
Syp
Mks
Gsb
Jmb
Abd
bbt
Jmb
दाङ । दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् ।
एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो ।
यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय फुटबल क्षेत्रमा गतिविधि उल्लेख्यरुपमा बढेपछि १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा दाङबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)दाङका अध्यक्ष संजात धितालले बताए ।
त्यस्तै उनले विभिन्न समयमा प्रतियोगिताको आयोजना गरिन थालेकाले पनि फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएको बताए । जिल्ला स्तरीय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र खेलाडीले सहभागीता जनाएको उनले बताए ।
यस्तै १३ वर्ष मुनिको फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार र शनिबार दुईसम्म जिल्लास्तरिय छनौट प्रतियोगिता भएको हो । जिल्लामा छनौट भएकाको नामावली आइतबार साँझसम्म प्रकाशित गरिने जिल्ला अध्यक्ष धितालले बताए ।
जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश हुँदै केन्द्रको प्रतियोगितामा सहभागीता जनाउन पाउने उनले बताए । यहीँ चैत २४ देखि ३० गतेसम्म प्रदेशस्तरीय छनौट प्रतियोगिता हुने एन्फा दाङका कोच दुर्गा राजलवटले जानकारी दिए ।
उनले एन्फा दाङमा नयाँ नेतृत्व आएपछि फुटबल खेलका गतिविधि बढेको बताए । खेलकुदमा गतिविध बढेकै कारण खेल प्रतियोगितामा उत्साहजनक सहभागीता हुन थालेको उनको भनाई छ । जिल्ला स्तरीय छनौट प्रतियोगिताको अनुगमन, निरीक्षण एन्फा लुम्बिनी प्रदेशका कोषाध्यक्ष केशव चौधरी (मिग्मा)ले गरेका थिए ।
त्यस्तै एन्फाले काठ्माण्डौँमा बैशाख ३ गतेदेखि १० गतेसम्म हुने छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई आवासिय सुविधा सहित खेल प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।
