जीतसागर जी.एम./घोराही आइतबार, चैत्र १८, २०८०

दाङ । दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् ।

एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय फुटबल क्षेत्रमा गतिविधि उल्लेख्यरुपमा बढेपछि १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा दाङबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)दाङका अध्यक्ष संजात धितालले बताए ।

त्यस्तै उनले विभिन्न समयमा प्रतियोगिताको आयोजना गरिन थालेकाले पनि फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएको बताए । जिल्ला स्तरीय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र खेलाडीले सहभागीता जनाएको उनले बताए ।

यस्तै १३ वर्ष मुनिको फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार र शनिबार दुईसम्म जिल्लास्तरिय छनौट प्रतियोगिता भएको हो । जिल्लामा छनौट भएकाको नामावली आइतबार साँझसम्म प्रकाशित गरिने जिल्ला अध्यक्ष धितालले बताए ।

जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश हुँदै केन्द्रको प्रतियोगितामा सहभागीता जनाउन पाउने उनले बताए । यहीँ चैत २४ देखि ३० गतेसम्म प्रदेशस्तरीय छनौट प्रतियोगिता हुने एन्फा दाङका कोच दुर्गा राजलवटले जानकारी दिए ।

उनले एन्फा दाङमा नयाँ नेतृत्व आएपछि फुटबल खेलका गतिविधि बढेको बताए । खेलकुदमा गतिविध बढेकै कारण खेल प्रतियोगितामा उत्साहजनक सहभागीता हुन थालेको उनको भनाई छ । जिल्ला स्तरीय छनौट प्रतियोगिताको अनुगमन, निरीक्षण एन्फा लुम्बिनी प्रदेशका कोषाध्यक्ष केशव चौधरी (मिग्मा)ले गरेका थिए ।

त्यस्तै एन्फाले काठ्माण्डौँमा बैशाख ३ गतेदेखि १० गतेसम्म हुने छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई आवासिय सुविधा सहित खेल प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]