
Unsku
Srbpu
Rgp1
Sgr
Pbu
Rgp
pku
Lnp
Ggp

Ksm
Ggd
Rsb
Tsm
Vor
Pvg
Hal
Rgu
Asm
Wsp
Sls
Rgu
Bbu
Rgs
nsb
Bbbpu
Sbs
Gst
Ssm

Jmb
Gsb
Mks
Ptm
Syp
Bml
Pls
bbt
Rmb
Abd
Rpp
Jmb
sab
काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रमा हराएका १५ सीमास्तम्भको पुनर्स्थापना र २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको छ ।
नापी विभागको तथ्यांकअनुसार नेपाल–भारतबीच ८ हजार ८५३ सीमा स्तम्भ छन् । जसमध्ये सशस्त्र प्रहरी बलले ३ चैतसम्म १७ जिल्लाका २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए ।
त्यस्तै १६ कात्तिकमा मधेश प्रदेशको छिन्नमस्ता बाहिनीबाट सीमा स्तम्भको मर्मत सुरू गरिएको थियो । हालसम्म झापामा १७० वटाको रंगरोगन, १२८ वटाको सामान्य मर्मत, १६ वटाको मध्यमस्तरको मर्मत र ३ वटाको पूर्ण मर्मत गरिएको छ ।
त्यस्तै मोरङमा ३३, सुनसरीमा १३३, सिरहामा १६५, धनुषामा १५४, महोत्तरीमा १४, सर्लाहीमा १३७, बारामा ११२, पर्सामा ४०१, पश्चिम नवलपरासीमा ९, रुपन्देहीमा ७३, कपिलवस्तुमा २७३, दाङमा ३५, बाँकेमा ७१, बर्दियामा ३९, कैलालीमा १०३ र कन्चनपुरमा ६७ गरी २ हजार १३५ सीमा स्तम्भको मर्मत गरिएको छ ।
त्यस्तै पर्साका ४, झापा र कञ्चनपुरका ३/३, कपिलवस्तुका २, सुनसरी, बारा र कैलालीका १/१ गरी १५ वटा सीमा स्तम्भको पुनर्निर्माण गरिएको छ । पहिला रहेका तर अहिले हराएको पाइएपछि ती ठाउँहरुमा नयाँ सीमा स्तम्भ निर्माण गरिएको सशस्त्र प्रहरी बलले जनाएकाे छ । सरकारले सीमा स्तम्भको मर्मत सम्भार जिम्मा सशस्त्र प्रहरी बललाई दिएपछि नापी विभागको सहयोगमा सीमास्तम्भ मर्मत सम्भार गरिएको हो ।
नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी) को पाँचौं बैठकले सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बरको सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एपीएफको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ एपीएफले एसएसबीको उपस्थितिमा मर्मत सम्भार गर्ने निर्णय गरेको थियो ।
चौबिसै घण्टा गस्ती
यस्तै सशस्त्र प्रहरी बलले हिजोआज सीमा क्षेत्रमा चौबिसै घण्टा गस्ती गर्न थालेको छ । मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट चौबिसै घण्टा गस्ती सुरू गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सीमा सुरक्षाको मुख्य जिम्मेवारी रहेकाले अन्य क्षेत्रभन्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको गतिविधि बढी रहेको सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन् । सशस्त्र प्रहरी बलले गत १ कात्तिकयता ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत ५०४ वटा सीमा लक्षित कार्यक्रम गरेको छ ।
