
Rbs
Ddhbs
Gsl
Ratbs
Bksbus5
Pbu
Amb
Gsbus
dsbus
Jsbus
gms
Ssbus
Csbus
Nssbus7

Sbs
Pvg
Ggd
Ksm
Bbu
Rgu
Rgu
Vor
Wsp
nsb
Rsb
Asm
Bbbpu
Ssm
Rgs
Hal
Gst
Tsm
Sls

Bml
Pls
Abd
Jmb
bbt
sab
Jmb
Rpp
Mks
Ptm
Syp
Gsb
Rmb
दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो ।
विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश कार्यक्रम गरिएको हो । त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलिको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताए ।
यस्तै विद्यालयले घैटाफोड प्रतियोगिता गरेको छ । घैटाफोड प्रतियोगितामा अभिभावक ऋषीराज वली प्रथम भएका हुन् । उनलाई नगद पुरस्कारसमेत प्रदान गरिएको छ । यस्तै टोकन प्रणालीमा आधारित चिठ्ठा कार्यक्रममा सन्तोषी खड्का र संगिता केसी बिजेता बनेको विद्यालयले जनाएको छ । त्यस अवसरमा कार्यक्रममा सहभागी अभिभावकले घोडा सवार समेत गरेका छन् ।
त्यस्तै होलिको कथावस्तुमा आधारित नाटक विद्यालयका शिक्षकले अभिनय गरिएको नाटक समेत प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बासुदेव योगीले गरेका थिए ।
