दिपक वली/घोराही मंगलबार, चैत्र १३, २०८०

दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश कार्यक्रम गरिएको हो । त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलिको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताए ।

यस्तै विद्यालयले घैटाफोड प्रतियोगिता गरेको छ । घैटाफोड प्रतियोगितामा अभिभावक ऋषीराज वली प्रथम भएका हुन् । उनलाई नगद पुरस्कारसमेत प्रदान गरिएको छ । यस्तै टोकन प्रणालीमा आधारित चिठ्ठा कार्यक्रममा सन्तोषी खड्का र संगिता केसी बिजेता बनेको विद्यालयले जनाएको छ । त्यस अवसरमा कार्यक्रममा सहभागी अभिभावकले घोडा सवार समेत गरेका छन् ।

त्यस्तै होलिको कथावस्तुमा आधारित नाटक विद्यालयका शिक्षकले अभिनय गरिएको नाटक समेत प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बासुदेव योगीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]