दिपक वली/घोराही मंगलबार, फाल्गुण २९, २०८०

दाङ । गुरुकुल एकेडेमीका विद्यार्थीहरुले बनाएको जिपको मोडललाई बैज्ञानिक तथा डा. महाविर पुनले उद्धघाटन गरेका छन् ।

कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरि आर्थिक संकलन अभियानमा देश दौडाहामा रहेका बैज्ञानिक तथा डा. पुनले उद्धघाटन गरेका हुन् । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङ्गणमा उद्धघाटन गरेका हुन् ।

गुरुकुल एकेडेमी घोराहीका अतिरीक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थीहरु दिपेश वली,सफल भण्डारी, एलन बिके,आरोहन श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडी निर्माण गरेका हुन् । यो गाडी करिब १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकाकरी दिए ।

यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवशर पाउने पनि उनले बताए । हिरो कम्पनीको १५० सिसिको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडीमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरिएको छ । गुरुकुल एकेडेमीको रेक्टा बिधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडी निर्माण गरिएको हो ।

गाडीको उद्धघाटन डा. पुनलाई सवारी गराएर गरिएको हो । २०७६ सालमा प्रदेश स्तरीय ग्य्रान्ड विज्ञान फेस्टिवल नेपागंजमा विद्युतिय चार पांग्रे गाडी बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो । तसर्थ अहिले विद्यार्थीहरुलाई इन्धनवाला गाडी बनाउन मोटिभेस्नल स्वरुप यो गाडीको निर्माण गरिएको हो ।आफुसंगै भएको बिभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुनायुक्त गाडीको निर्माण गर्न सकिने र प्रयोगात्मक सिप पनि सिकाई हुने बताए ।

त्यस्तै यो गाडी निर्माण सम्पन्न गर्नको लागि विद्यालयका शिक्षक ई.सन्तोष कसौधन,विज्ञान शिक्षक भवन आचार्य,कर्मचारी शंकर चौधरीले पनि सहयोग गरेका छन् । साथै डा. पुनको अभियानमा साथ दिने उद्धेश्यले गुरुकुल एकेडेमीले उनको ४० प्रति पुस्तक समेत खरिद गरेको छ । गुरुकुल तुलसिपुरले २० र घोराहीले २० प्रति पुस्तक खरिद गरेको छ भने गुरुकुल एकेडेमी लमहीले पनि खरिद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विबेक देवकोटाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]