दिपक वली/घोराही शनिबार, फाल्गुण १९, २०८०

दाङ । गुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ ।

ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावक हरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानि गर्न सकिने गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनु भयो । अभिभावकले ग्लोबल पोजिसनिङ सिस्टम एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी विद्यालयको गाडिलाई प्रतक्ष्य निगरानि राख्न सकिने छ ।

विद्यालय भनेको पढ्ने पढाउने ठाँउ मात्र नभएर विद्यार्थीहरुको आधारभूत सेवा सुबिधा संगै जोडिएको सुरक्षित यात्रालाई बास्तविक सुरक्षा दिलाउन र सुरक्षाको हिसावले पनि निकै प्रभावकारी हुने भएकाले यो प्रबिधि प्रयोग गरीएको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो । साथै उहाँले ढुक्क भएर आफ्ना नानिबाबु गुरुकुल एकेडेमीमा भर्ना गरी समयमै सिट सुरक्षित गर्न पनि अनुरोध गर्नुभयो ।

आगामी शैक्षिक सत्र २०८१ बाट पठन पाठन हुने गरी प्री रजिष्ट्रेशन पनि खुला गरेको छ । पुर्ण मानव बनाउने मुल उद्धेश्यका साथ २०७२ सालबाट घोराही १५ रतनपुरमा संचालनमा आएको गुरुकुल एकेडेमीले आफ्ना शाखा जिल्लाका मुख्य शहर लमही र तुलसिपुरमा पनि संचालनमा ल्याउन लागेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]