Sidha Patra आइतबार, मंसिर १४, २०७७

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिनु भएको छ ।

कोभिड-१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताउनु भयो । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भन्नु भएको हो । कोरोना महामारी विरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप सहयोग गर्न तयार छ । सहयोग कस्तो किसिमको हुने भन्नेबारे खुलाइएको छैन ।
सहयोगबारे सैनिक सहचारीस्तरमा छलफल भएर निर्णय हुने जंगीअड्डाका एक सैन्य अधिकारीले बताउनु भयो । भेटवार्ताका क्रममा यसअघि घोषित ३ सय मिलियन आरएनबी सैन्य सहयोगको कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १ सय,५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो । त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १ सय,५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) सैन्य सहयोग गर्ने सहमति भएको थियो । तर कोरोना महामारीका कारण सहयोग प्रभावित भएको थियो ।

यस अघि सेनाले चीनबाट औषधि खरिदको जिम्मेवारी पाएका वेला पूर्वघोषित सहयोगकै रकमबाट सामग्री ल्याउन खोजिएको थियो । यद्यपि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना कोषमा पर्याप्त रकम रहेको बताउँदै सैन्य सहयोगलाई प्रयोग नगर्न भन्नु भएको थियो । पूर्वघोषित सहयोगलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन पहल गर्ने आश्वसन फेङ्हेले नेपाली पक्षलाई जानकारी दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कोरोना महामारीकै कारण चिनियाँ जनमुक्ति सेनासँग २०७४ सालदेखि हुँदै आएको संयुक्त सैन्य अभ्यास‘सगरमाथा फ्रेण्डसिप’पनि रोकिएको थियो । त्यसलाई सुचारु गर्ने विषयमा पनि रक्षामन्त्री फेङहेसँग छलफल भएको जंगीअड्डाले जनाएको छ । त्यस्तै चीनले बढायो सैन्य सहयोग २०७४ सालमा पहिलो पटक चीनबाट रक्षामन्त्री जनरल चाङ वानक्वान नेपाल भ्रमणमा आएपछि यो अभ्यासको सुरुवात भएको थियो । चीनसँगको यो अभ्यासलाई लिएर भारतका सैन्य अधिकारीहरुले नेपालमा बढ्दो चिनियाँ प्रभावका रुपमा अर्थ्याउने गरेका छन् ।

महामारीका कारण रोकिएका अन्य तालिमलाई क्रमशः सुरु गर्दै लैजाने आश्वसन चिनियाँ रक्षामन्त्रीले दिनु भएको छ । रक्षामन्त्री जनरल फेङ्हेले आइतबार दिउँसो ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको‘व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराउनु भएको थियो ।

उहाँले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु भएका प्राधनमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार,रेल, विद्युत्,आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ ।

चिनियाँ रक्षामन्त्रीले ओलीसँग नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नोतर्फबाट कुनै समस्या नरहेको बताउनु भएको छ । साथै,दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताउनु भएको छ । मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराउनु भयो ।

साँझ ५ बजेदेखि आधा घन्टा फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नु भएको छ । त्यसक्रममा दुई पक्षीय हितको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको हो । एक दिने भ्रमण सकेर फेङ्हे आइतबारै स्वदेश फर्कनु भएको छ । लगतै चिनियाँ रक्षा मन्त्रालयले वेई फेङ्हेको नेपाल भ्रमण सैन्य भ्रमण र सहयोग आदान प्रदान,आर्थिक सहकार्य र कोभिड- १९ सँग सम्बन्धीत सहकार्यमा विषयमा केन्द्रीत रहेको औपचारिक जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]