
Gisld
Anm
Sds
Ksm
Mbdvs
Gmk
Rbs
Pbu
mbd

Pvg
Wsp
Ssm
Vor
Asm
Gst
Hal
Rsb
nsb
Sbs
Sls
Rgs
Bbbpu
Ksm
Ggd
Tsm
Bbu
Rgu
Rgu

Mks
Bml
Syp
Jmb
sab
Jmb
Rpp
Abd
bbt
Gsb
Ptm
Pls
Rmb
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोग गर्ने बचन दिनु भएको छ ।
कोभिड-१९ भाइरसको महामारी नियन्त्रणको सन्दर्भमा नेपाली सेनामार्फत नेपाललाई सहयोग गर्न तयार रहेको फेङ्हेले बताउनु भयो । प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा दुईपक्षीय भेटवार्ता गर्दै फेङ्हेले भन्नु भएको हो । कोरोना महामारी विरुद्धको प्रतिकार्यमा चीन नेपाललाई थप सहयोग गर्न तयार छ । सहयोग कस्तो किसिमको हुने भन्नेबारे खुलाइएको छैन ।
सहयोगबारे सैनिक सहचारीस्तरमा छलफल भएर निर्णय हुने जंगीअड्डाका एक सैन्य अधिकारीले बताउनु भयो । भेटवार्ताका क्रममा यसअघि घोषित ३ सय मिलियन आरएनबी सैन्य सहयोगको कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १ सय,५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो । त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १ सय,५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) सैन्य सहयोग गर्ने सहमति भएको थियो । तर कोरोना महामारीका कारण सहयोग प्रभावित भएको थियो ।
यस अघि सेनाले चीनबाट औषधि खरिदको जिम्मेवारी पाएका वेला पूर्वघोषित सहयोगकै रकमबाट सामग्री ल्याउन खोजिएको थियो । यद्यपि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना कोषमा पर्याप्त रकम रहेको बताउँदै सैन्य सहयोगलाई प्रयोग नगर्न भन्नु भएको थियो । पूर्वघोषित सहयोगलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन पहल गर्ने आश्वसन फेङ्हेले नेपाली पक्षलाई जानकारी दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कोरोना महामारीकै कारण चिनियाँ जनमुक्ति सेनासँग २०७४ सालदेखि हुँदै आएको संयुक्त सैन्य अभ्यास‘सगरमाथा फ्रेण्डसिप’पनि रोकिएको थियो । त्यसलाई सुचारु गर्ने विषयमा पनि रक्षामन्त्री फेङहेसँग छलफल भएको जंगीअड्डाले जनाएको छ । त्यस्तै चीनले बढायो सैन्य सहयोग २०७४ सालमा पहिलो पटक चीनबाट रक्षामन्त्री जनरल चाङ वानक्वान नेपाल भ्रमणमा आएपछि यो अभ्यासको सुरुवात भएको थियो । चीनसँगको यो अभ्यासलाई लिएर भारतका सैन्य अधिकारीहरुले नेपालमा बढ्दो चिनियाँ प्रभावका रुपमा अर्थ्याउने गरेका छन् ।
महामारीका कारण रोकिएका अन्य तालिमलाई क्रमशः सुरु गर्दै लैजाने आश्वसन चिनियाँ रक्षामन्त्रीले दिनु भएको छ । रक्षामन्त्री जनरल फेङ्हेले आइतबार दिउँसो ४ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको‘व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराउनु भएको थियो ।
उहाँले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु भएका प्राधनमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार,रेल, विद्युत्,आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ ।
चिनियाँ रक्षामन्त्रीले ओलीसँग नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नोतर्फबाट कुनै समस्या नरहेको बताउनु भएको छ । साथै,दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताउनु भएको छ । मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराउनु भयो ।
साँझ ५ बजेदेखि आधा घन्टा फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नु भएको छ । त्यसक्रममा दुई पक्षीय हितको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको हो । एक दिने भ्रमण सकेर फेङ्हे आइतबारै स्वदेश फर्कनु भएको छ । लगतै चिनियाँ रक्षा मन्त्रालयले वेई फेङ्हेको नेपाल भ्रमण सैन्य भ्रमण र सहयोग आदान प्रदान,आर्थिक सहकार्य र कोभिड- १९ सँग सम्बन्धीत सहकार्यमा विषयमा केन्द्रीत रहेको औपचारिक जानकारी दिनु भएको छ ।
