
Rbs
Ddhbs
Syees
Bksbus5
Csbus
Pbu
Nssbus7
Gsbus
Amb
Ssbus
gms
Gsl
dsbus
syysr
Ratbs
Jsbus

Ggd
Pvg
Gst
Vor
Tsm
Ksm
Rgu
Sls
Sbs
Hal
Ssm
Rgu
Bbu
nsb
Asm
Wsp
Rgs
Bbbpu
Rsb

Mks
Abd
sab
Ptm
bbt
Gsb
Jmb
Bml
Pls
Syp
Rmb
Jmb
Rpp
शिबराज पन्थी/सिधा-पत्र डटकम कर्मी,दाङ । गढवा स्थित वालकल्याण आधार।भूत बिद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न बिहान र साँझ गरी २÷२ घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्न सुरु गरेको छ ।
शुक्रवार एक कार्यक्रमका बिच गण्वा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले अतिरिक्त कक्षाको उद्घाटन गर्नुभएको छ । कक्षा उद्घाटन गर्दै पालिका प्रमुख पोखे्रलले शैक्षिक गुणस्तर सुधार गर्ने अभियान अन्तर्गत पालिकाका बिभिन्न बिद्यालयहरुमा अन्य गतिविधहरु सञ्चालन हुदै गरेको अबस्थामा वालकल्याण आधारभूत बिद्यालयको पहलमा अतिरिक्त कक्षा आरम्भ भएको र यो पहिलो परिक्षण रहेको बताउनुभयो ।
त्यस्तै बिद्यार्थीहरु घरमा बसेर पठन–पाठनमा खासै ध्यान नदिने गरेको एक अध्ययनबाट उनिहरुलाई पठन–पाठनमा ब्यस्त राख्ने र बिद्यामलयमै अतिरिक्त कृयाकलापहरु समेत गराएर पढाई प्रति आकर्षण बढाउने पालिकाको योजना रहेको उहाँले बताउनु भयो । गढवा गाउँपालिका भरमा यस बिद्यालयबाट यो अभियान आरम्भ गरिएको र यसको प्रभाबकारीता बिश्लेषण गर्दै अन्य बिद्यालयहरुमा पनि यो अभ्यास कार्यान्वयन गर्ने उहाँको भनाई थियो । गढवा गाउँपालिकाका बिद्यालयहरुमा गतबर्षको कक्षा ८ को रिजल्टमाथी गंभिर समिक्षा गर्दै शिक्षाबिद् कमल सिलवाललाई जिम्मेवारी दिई शैक्षिक गुणस्तरका थुपै्र योजनाहरु बनाएर कार्यान्वयन तर्फ लागेको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
गाउँपालिकाले हाम्रो गढवा नामक नयाँ र स्थानीय पाठ्यक्रम छपाई गरी सबै बिद्यालयहरुमा पठन–पाठनमा ल्याईसकेको भन्दै बिद्यार्थीहरुमा नैतिकम र सामाजिक जागरणको समेत बिकास गर्ने योजना कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । गढवा गाउँपालिका, वडा कार्यालय, शिक्षा क्षेत्रका बिज्ञ ब्यक्तित्व र बिद्यालयको पहलमा निजी स्रोतमा ६ जना शिक्षकहरु नियुक्त गरि अतिरिक्त कक्षा सञ्चालनमा ल्याईएको र यसप्रति बिद्यार्थीहरुको लगाव र आकर्षण बढ्दै गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीले बताउनुभयो ।
यस्तै बिद्यार्थीहरुलाई बुधवार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बिद्यालयमै राखि नियमित रुपमा पठन–पाठन र अतिरिक्त कृयाकलाप गराई शैक्षिक सुधारको अभियान सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुंगानाले बताउनुभयो । अतिरिक्त कक्षा सञ्चालन संगै बिद्यालयले शिक्षाबिज्ञ लाई ल्याएर बिहान–साँझ शिक्षकहरुलाई मोटिभेसन क्लास समेत सञ्चालन गरेको बिद्यालयले जनाएको छ । अतिरीक्त कक्षा सुरु भएपछि बिद्यार्थी तथा शिक्षकहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म पठन–पाठनमा ब्यस्त भएका छन् ।
यसको आकर्षण बढेको छ । जाडो मौसम नभनेर सबैजसो बिद्यार्थीहरु नियमित उपस्थित भएका छन्–बिद्यालयका अध्यक्ष सुवेदीले भन्नुभयो । बिद्यालयमा कार्यरत १० देखी ४ बजे सम्मका शिक्षकहरुका अतिरिक्त ६ जना निजी स्रोतका शिक्षकहरु नियुक्त गरी कक्षा सुरु गरिएको बिद्यालयले जनाएको छ । सो बिद्यालयमा ४ जना स्थायी,४ जना राहात, २ गाउँपालिकाका स्वयंसेवक, १ संघीय अनुदान, वालबिकास र ८ जना निजी स्रोतका गरी १९ जना शिक्षकहरु र ४ सयको हाराहारीमा बिद्यार्थीहरु रहेको बिद्यालयले जनाएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा आयोजित अतिरिक्त कक्षा उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगर,शिक्षा प्रमुख श्याम बिक, वडा सदस्य तथा शिक्षा समितिका सदस्य दिनमणि आचार्य, बिब्वसका पुर्व अध्यक्ष उमाकान्त पन्त, शिक्षा बिज्ञ कमल सिलवाल लगायतले अतिरिक्त कक्षा संचालन प्रभाबकारी रहने बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रअ तारा प्रसाद ढुंगानाले बिषय प्रबेश सहित स्वागत मन्तब्य राख्नु भएको थियो ।

