Sidha Patra शुक्रबार, माघ १२, २०८०

काठमाडौं । नेपाल सरकारले वैशाखदेखि सुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्‍याउने तयारी गरेको छ ।

किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ । लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि सुरु भइसकेको जानकारी दिनुुभयो ।

नियमित रुपमा छाप्ने र छापेर पठाउने काम भइरहेकाले देशका सबैतिर समयमै किताब पुुग्ने उहाँले बताउनुुभयो । उहाँका अनुसार पाँच दिन अघिदेखि केन्द्रले चौबिसै घण्टा किताब छपाइको काम गरिरहेको छ । अहिले दैनिक एक लाख थान किताब छपाइ भइरहेको झाले बताउनुभयो । जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख किताब आवश्यक पर्नेमा अब करिब ६५ लाख थान किताब मात्र छाप्न बाँकी छन् । वैशाखदेखि शैक्षिक सत्र शुरु हुने भएकाले त्यतिबेलासम्म किताब छापेर पठाइ सकिने जनक शिक्षाले जनाएको छ ।

त्यस्तै शिक्षा मन्त्रालयले यस वर्षको किताब छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेको थियो । निजी क्षेत्रका छापाखानालाई समेत छनोट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ ।

यस्तै विद्यालयमा पढाइ शुरु भएको महिनौँ दिनसम्म पनि किताब नपुुग्ने समस्या चालु शैक्षिक सत्रदेखि अन्त्य भएको हो । गएको वैशाखमा भर्ना हुने बेलामै देशभरका धेरै विद्यार्थीले किताब पाएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]