
Asbus
Ggp
Rgp
Ksbus
Ksbus
Msbus
Lnp
Sdc
Ggp


दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय चाैधाैं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ ।
सर्वाेदय माध्यमिक विद्यालयको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरू भएको हो ।
सर्वाेदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे अध्यक्षता तथा संघीय संसद मेटमणी चाैधरीको प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिता सुरु भएको हो ।
खेलकुद प्रतियोगिताकाे उद्घाटन गर्दै सांसद चाैधरीले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनु भयो ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक रुपमा मात्रै नभएर आपसी मेलमिलापको रुपमा समेत लिन सकिने बताउनुभयो ।
खेल उद्घाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका संयाेजक सन्ताेष ओली ,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगर ,पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद पाैडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य मदन अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँका प्रधानाध्यापक गाेविन्द केसीले गर्नु भएको थियो ।
प्रतियोगितामा गाउँपालिका अन्तर्गतका २७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरूकाे सहभागीता रहेको छ । प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते खेल समावेश गरिएको छ ।
खेल माघ ५ देखि ७ गतेसम्म सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँकाे प्राङ्गण र बालकल्याण आधारभूत विद्यालय पहरुवाकाे खेलमैदानमा चल्ने आयोजकले जानकारी दिएको छ ।

