
Ssbus
Csbus
gms
Amb
Gsl
syysr
Syees
Nssbus7
dsbus
Ddhbs
Ratbs
Gsbus
Rbs
Jsbus
Pbu
Bksbus5

Gst
Asm
Vor
Rgu
Rgs
Sls
Wsp
Ggd
Pvg
nsb
Tsm
Bbu
Ksm
Rsb
Ssm
Bbbpu
Sbs
Hal
Rgu

Rpp
Bml
Abd
Ptm
Rmb
Syp
Jmb
Mks
Jmb
Gsb
sab
Pls
bbt
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको पाँचौं वार्षिकउत्सब भव्य समारोह कार्यक्रमका बीच बुधबार सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले स्कुलको वार्षिक प्रतिवेदन हेर्दा गोरखा स्कुलमा पढेर डाक्टर,इन्जिनियर जस्तो पोस्टमा धेरै विद्यार्थीले नाम निकाल्न सक्नु भनेको लमही नगरपालिकाको गौरवको कुरा भएको बताउनु भएको छ ।
त्यस्तै स्कुलले ५ औं वर्ष पार गरेर छैठौं वर्षमा प्रवेश गरेको अवसरमा स्कुललाई शुभकामना दिदै मेयर चौधरीले बालबालिकालाई आफ्नो संस्कार,संस्कृति तथा रहनसहनलाई मध्यनजर गर्दै शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गर्नु भएको थियो ।
यस्तै मेयर चौधरीले पालिका भित्रका अति निम्न वर्गका बालबालिकालाई पालिकाको सिफारिसमा पढाइदिन समेत विद्यालयलाई आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर चौधरीले लमही नगरपालिका आगामी दिनमा गोरखा मोडेल सेकेन्डरी स्कुलसंग गुणस्तरीय शिक्षा प्रदान गर्नमा सहकार्य एवं समन्वय गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल लोकमान रिजालले देउखुरी क्षेत्रमा शिक्षा क्षेत्रमा नयाँ आयाम दिन विद्यालयले काम गरिरहेको जानकारी सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गोरखा ग्रुपका प्रमुख प्रशासकीय अधिकृत नवल सिंह घर्ती मगरले गोरखा ग्रुपद्वारा संचालित विद्यालयहरुमा गुणस्तरीय शिक्षासंगै विभिन्न किसिमका व्यबहारिक ज्ञान प्रदान गर्दै आएको बताउनु भयो । विद्यालयमा विद्यार्थीहरु पढेर मात्र नहुने भएको हुँदा स्कुल लेबलदेखि नै व्यबहारिक ज्ञान पनि प्रदान गर्नमा ग्रुप र स्कुल अग्रसर भएर अघि बढेको बताउनु भयो ।
विद्यार्थीहरु शिक्षा हासिल गरिसकेपछि जागिरे जीवनमा चाहे नेपालको जुम्ला जिल्लाका जुम्ली सित होस चाहे अमेरिकाका गोरा वा अफ्रिकाको कालासंग किन नहोस् ,उनिहरुसंग घुलमिल गरेर काम गर्न सकुन् भनेर अहिले विद्यालय र कलेजहरुमा फरक ढंगले शिक्षा प्रदान गरिरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा लागूऔषध नियन्त्रण अभियन्ता तथा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन मगरले लागुऔषध दुर्वेसनी नियन्त्रण गर्ने उपाय सम्बन्धि जनचेतनामूलक सन्देश दिदै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यस्तै विद्यालयका अभिभावक हरि पोख्रेलले गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले देउखुरी क्षेत्रको एक अब्बल विद्यालयको रुपामा स्थापित भएर गुणस्तरीय शिक्षा प्रदान गरेकोमा आफू अत्यन्तै खुशी रहेको बताउनु भयो । उहाँले ५० वर्षपछि दिन सकिने शिक्षा ५ वर्षमै गोरखा मोडेल सेकेन्डरी स्कुलले दिन सकेको बताउनु भयो । स्कुललाई शुभकामना दिदै पोख्रेलले आगामी दिनमा विद्यालयले अझै गुणस्तरीय शिक्षा दिनमा आफुलाई अब्बल साबित गर्न सकोस् भन्दै आफ्नो छोटो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा मनोपरार्मदाता खगेन्द्र पदमा तालिम तथा परार्श केन्द्रका अध्यक्ष पुरुषोत्तम गौतम, विद्यार्थी अश्विन विष्ट लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधाका विद्यार्थी,शिक्षकहरुलाई सम्मान गरिएको थियोे भने विभित्र साँस्कृतिक प्रस्तुति,नाटक प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुले विज्ञानका कला प्रदर्शनी समेत देखाएका थिए । कार्यक्रममा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगी,लमही-१ का वडा अध्यक्ष दामोदर पौडेल,५ का वडा अध्यक्ष ओम प्रकाश सुवेदी (सागर),६ का वडा अध्यक्ष श्यामनाराय चौधरी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रतिनिधि र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।
त्यस्तै स्कुलले अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान गरेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश वली र शिला रिजालले गर्नु भएको थियो ।

