टोपेन्द्र खनाल मंगलबार, कार्तिक २५, २०७७

दाङ । राजपुर गाउँपालिका वर्डा नम्बर २ मा रहेको जनज्योती माविको अस्थायी क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्य राजपुर गाउँपालिका वडा नम्बर २ निवासी नर बहादुर कार्कीले क्वारेन्टाइन बैठकभत्ता बाफत आफ्नो नाममा छुट्याईएको जम्मा
२४,०९० (चौबीस हजार,नब्बे रुपैया) नलिने घोषणा गर्नु भएको छ ।

बिस्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को रोकथामको सिलसिलामा राजपुरको जनज्योति माबी मटेरियामा रहेको अस्थायी क्वारेन्टाइनमा राजपुर-२ का वर्डा अध्यक्ष दुर्गाप्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय क्वारेनटाइन ब्यवस्थापन समिति गठन गरिएको थियो । जसमा वर्डा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा संयोजक, वर्डा नम्बर १ का अध्यक्ष बिष्ण बहादुर बुढा,सदस्य,राजपुर २ निवासी समाजसेवी हेमकुमार जिसि-सदस्य जनज्योति माबिका प्रअ केशवराम यादव,सदस्य राजपुर-२ निवासी समाजसेवी नरबहादुर कार्की सदस्य,सुरक्षाकर्मी कन्हैलाल उपाध्याय सदस्य र स्वास्थ्यकर्मी ज्ञानबहादुर बस्याल गरि ७ सदस्यीय समिति मध्य बैठकभत्ता कार्कीले मात्र नलिनु भएको हो ।

जनतालाई रोगको कारणले आफ्नो शरीर जोगाउन हम्यहम्य भएको र काम गर्न समेत सहज वातावरण नभएको कारण साझबिहानको छाक टार्न समेत कठिन भएको अवस्थामा ब्यवस्थापन समितिको बाहानामा हामिले यसरी बैठकभत्ता बुझेर मनोरञ्जन गर्न उपयुुक्त नहुने भएकाले भत्ता नबुझेको र यो रकम यहि गाउँपालिकाको कुनै सामाजिक कार्यमा रकम सदुपयोग गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको हो । राजपुर गा.पाको विभिन्न स्थानमा रहेका अस्थायी क्वारेन्टाइनमा विभिन्न बहानामा भत्ता नलिन अरुलाईपनि अनुरोध गर्दै कार्किले क्वारेन्टाइनतर्फको आम्दानी तथा खर्चको बिवरण सार्वजनिक गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको छ ।

कार्की स्थानिय चुनाबमा राजपुर गाउँपालिका वर्डा नम्बर २ बाट नेकपा एमाले पार्टिको तर्फबाट वर्डा प्रमुखमा चुनाबी मैदानमा उत्रेका प्रत्यासी उमेदवार हुनुहुन्छ भने श्रीशक्ती सामुदायिक बन उपभोक्ता समिति मटेरियाका अध्यक्ष समेत हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]