Sidha Patra शनिबार, पुष १४, २०८०

दाङ । लमही नगरपालिकाको शिक्षा शाखामा लामो समय शिक्षा प्रमुख भएर निवृत्त भएर जान लाग्नु भएका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीलाई शुक्रबार प्याब्सन लमही नगर समितिले एक कार्यक्रमको आयोजना गरि बिदालाई गरेको छ ।

प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न भएको बिदालाई कार्यक्रममा सेवा निवृत्त भइ जान लाग्नु भएका शिक्षा प्रमुख क्षेत्रीले आफू लमही नगरपालिकाको शिक्षा शाखामा ४ वर्ष ८ महिनासम्म बस्दै गर्दा सम्बन्धित सरोकारवाला निकायबाट ठुलो साथ र सहयोग पाएको बताउनु भएको छ ।

त्यस्तै आफु लमही नगरपालिकामा आएपछि सामुदायिक विद्यालय र निजी विद्यालयद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्नमा सम्पूर्ण शिक्षासंग सरोकार राख्ने सरोकारवाला निकायहरुसंग अथक प्रयास गरेको बताउनु भयो । लामो समयको बसाईमा शिक्षाका लागि धेरै कार्यहरु गर्ने मन हुँदाहुँदै पनि बीचमा कोभिडले धेरै असर पुर्‍याएको हुँदा सोचेको जति शिक्षा क्षेत्रमा काम गर्न नसकेको बताउनु भयो ।

यस्तै उहाँले लमही नगरपालिकामा रहदा प्याब्सनले आफुलाई गरेको सहयोग र सम्मानप्रति आफू सधै ऋणी रहेन र यसरी सम्मान बिदालाई गरेकोमा प्याब्सन लमही नगर समितिलाई हार्दिक धन्यवाद समेत दिनु भयो ।

त्यस्तै उक्त बिदालाई कार्यक्रममा प्याब्सन नगर समितिका अध्यक्ष भुसालले शिक्षा प्रमुख क्षेत्री एक कुशल र सरल व्यक्ति रहेको बताउनु भएको छ । नगर भित्रमा शिक्षा सम्बन्धित हरेक काम गर्दा आफुहरुलाई सोधपुछ गरेर मात्र काम गर्ने गरेको बताउनु भयो । सबैलाई बिबादरहित मिलाएर लैजान सक्ने क्षमता भएका शिक्षा प्रमुखलाई बिदागर्दा आफू लगायत आफ्नो टिम दुखि भएको बताउनु भयो ।

यस्तै उहाँले लमही नगरमा रहदा दिएको साथ सहयोग प्रति सधै सम्झिरहने र आगामी दिनको बसाई सुखद रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिदालाई कार्यक्रममा प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढा,प्याब्सन दाङका उपाध्यक्ष राजु यादव,प्याब्सन लमही नगर समितिका सचिव लोकमान रिजाल,नगर कोषाध्यक्ष कान्ता प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]