
Gsl
Amb
Ratbs
Pbu
gms
Ddhbs
Ssbus
Nssbus7
Rbs
Jsbus
Csbus
Bksbus5
Gsbus
dsbus

Bbbpu
Ssm
nsb
Tsm
Rgs
Rgu
Rgu
Hal
Vor
Sbs
Ggd
Pvg
Gst
Ksm
Asm
Rsb
Bbu
Wsp
Sls

Jmb
Rpp
Abd
bbt
Mks
Bml
Pls
Rmb
Syp
Ptm
Jmb
Gsb
sab
दाङ । लमही नगरपालिकाको शिक्षा शाखामा लामो समय शिक्षा प्रमुख भएर निवृत्त भएर जान लाग्नु भएका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीलाई शुक्रबार प्याब्सन लमही नगर समितिले एक कार्यक्रमको आयोजना गरि बिदालाई गरेको छ ।
प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न भएको बिदालाई कार्यक्रममा सेवा निवृत्त भइ जान लाग्नु भएका शिक्षा प्रमुख क्षेत्रीले आफू लमही नगरपालिकाको शिक्षा शाखामा ४ वर्ष ८ महिनासम्म बस्दै गर्दा सम्बन्धित सरोकारवाला निकायबाट ठुलो साथ र सहयोग पाएको बताउनु भएको छ ।
त्यस्तै आफु लमही नगरपालिकामा आएपछि सामुदायिक विद्यालय र निजी विद्यालयद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्नमा सम्पूर्ण शिक्षासंग सरोकार राख्ने सरोकारवाला निकायहरुसंग अथक प्रयास गरेको बताउनु भयो । लामो समयको बसाईमा शिक्षाका लागि धेरै कार्यहरु गर्ने मन हुँदाहुँदै पनि बीचमा कोभिडले धेरै असर पुर्याएको हुँदा सोचेको जति शिक्षा क्षेत्रमा काम गर्न नसकेको बताउनु भयो ।
यस्तै उहाँले लमही नगरपालिकामा रहदा प्याब्सनले आफुलाई गरेको सहयोग र सम्मानप्रति आफू सधै ऋणी रहेन र यसरी सम्मान बिदालाई गरेकोमा प्याब्सन लमही नगर समितिलाई हार्दिक धन्यवाद समेत दिनु भयो ।
त्यस्तै उक्त बिदालाई कार्यक्रममा प्याब्सन नगर समितिका अध्यक्ष भुसालले शिक्षा प्रमुख क्षेत्री एक कुशल र सरल व्यक्ति रहेको बताउनु भएको छ । नगर भित्रमा शिक्षा सम्बन्धित हरेक काम गर्दा आफुहरुलाई सोधपुछ गरेर मात्र काम गर्ने गरेको बताउनु भयो । सबैलाई बिबादरहित मिलाएर लैजान सक्ने क्षमता भएका शिक्षा प्रमुखलाई बिदागर्दा आफू लगायत आफ्नो टिम दुखि भएको बताउनु भयो ।
यस्तै उहाँले लमही नगरमा रहदा दिएको साथ सहयोग प्रति सधै सम्झिरहने र आगामी दिनको बसाई सुखद रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।
बिदालाई कार्यक्रममा प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढा,प्याब्सन दाङका उपाध्यक्ष राजु यादव,प्याब्सन लमही नगर समितिका सचिव लोकमान रिजाल,नगर कोषाध्यक्ष कान्ता प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

