
Ggp
Msbus
Ksbus
Lnp
Ksbus
Sdc
Rgp
Ggp
Asbus


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ ।
विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा कला प्रदर्शनी सुरू भएको हो । वातावरण स्वच्छताका विषयमा विद्यार्थीहरू मार्फत सो कला प्रदर्शनी गरिएको हो । चित्रका माध्यमबाट धेरै कुराहरू सिक्न सकिने र चित्र बनाउने क्षमताको विकास हुने कला प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले बताएका छन् ।
कला प्रदर्शनीले विद्यार्थीहरूलाई पढाईका अतिरिक्त उनीहरू भित्र लुकेर रहेको प्रतिभा तथा सिपलाई बाहिर ल्याउने काम गर्नुका साथै प्रदर्शनीमा राखिएका चित्रहरूले विद्यार्थीहरूलाई सकरात्मक संदेश दिने विश्वास लिएको प्रदर्शनीमा सहभागी शिक्षकहरूको भनाई रहेको छ । २०७४ सालमा दाङको घोराहीमा जिल्ला स्तरीय कला प्रदर्शनी गरेका विष्णु आर्टले यस बाट लुम्बिनी प्रदेशको राजधानी क्षेत्र तोकिएको राप्ती गाउँपालिकामा पहिला भन्दा केही परिमार्जन गरेर कला प्रदर्शनी गरेको बताएका छन् ।
विद्यालयमा अध्ययनरत बालबालिका तथा युवाहरूले तयार पारेको तस्बिरहरू कला प्रदर्शनीमा राखिएको छ । जहाँ वातावरण स्वच्छता सम्बन्धि तस्बिरका साथै विभिन्न करिव १२/१५ प्रकारका चित्र राखिएको आयोजक विष्णु आर्टले जानकारी दिएका छन् ।बालबालिकाहरूलाई कलम चलाउन सिकाउने, कलर गर्न सिकाउने साथै उनीहरूले बनाएको तस्बिरले दाङ जिल्लाको पहिचान कायम गराउन तथा भविष्यमा राम्रो आर्टिस उत्पादन गर्न कला प्रदर्शनी राखिएको उनको भनाई छ ।
त्यस्तै विद्यार्थीहरू भित्र रहेका कलाको खोजी गर्न तथा उनीहरूको कलालाई बाहिर ल्याउन र समग्र पालिका, जिल्ला र प्रदेशको चिनारीका लागि बृहत् कला प्रदर्शनी राखिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् । कला प्रदर्शनीको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए ।
