
Jsbus
Ratbs
gms
Amb
Gsbus
Pbu
Gsl
Nssbus7
Ddhbs
Csbus
Rbs
Ssbus
dsbus
Bksbus5

Sls
Ssm
Pvg
Rgs
Rgu
Rgu
Gst
Vor
nsb
Ksm
Tsm
Hal
Ggd
Sbs
Bbbpu
Rsb
Bbu
Wsp
Asm

Gsb
Rmb
Rpp
bbt
Abd
Mks
Bml
Jmb
sab
Syp
Ptm
Pls
Jmb
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको अभावका खेलाडीहरुले अभ्यासका लागि समस्या झेल्दै आएका थिए ।
त्यस्तै अन्तर्राष्ट्रिय अथवा राष्ट्रियस्तरका खेल प्रतियोगितामा सहभागिता जनाउन अभ्यासका लागि खेल मैदान खोज्दै भौतारिनु पर्ने अवस्था अब भने कर्णालीमा अन्त्य हुने भएको छ । १० औंं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भनिए पनि खेलाडीलाई अभ्यासका लागि खेल मैदानको अभाव रहेको छ । यसैलाई मध्यनजर गर्दै कर्णाली मै पहिलो क्रिकेट खेल मैदानको निर्माण हुने भएको हो ।
वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माणका लागि २०८० मंसिर १५ गते सम्झौता भइ ०८० चैत ३० गते योजना सम्पन्न गर्ने गरि के.पी.डी.डी कन्ट्रक्सन सुर्खेतले निर्माणको जिम्मा लिएको छ । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, क्रिकेट मैदानमा दुबो लगाउने कार्य, ल्याण्ड रक्यापिङ गरि हरियाली गर्ने काम हुने कर्णाली परिषदका सदस्य सचिव विश्वामित्र सञ्जालले जानकारी दिए ।
यस्तै,सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गरेका छन् । मैदानको शुभारम्भ गर्दै मुख्यमन्त्री शर्माले क्रिकेट मैदानको निर्माण कार्य सकेपछि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न आग्रह गरेका छन् । कर्णाली खेल क्षेत्रमा विस्तारै अघि बढ्दै छ मुख्यमन्त्री शर्माले भने, ‘खेल क्षेत्रलाई कर्णाली समृद्धिको एउटा अङ्गको रुपमा लिएका छौं । कर्णाली खेल क्षेत्रमा जगमगाइ रहेको छ । खेल क्षेत्र र संरचनागत रुपमा पनि माथि उठिरहेको छ । खेलाडीले आफ्नो पहिचान बनाउनका लागि पनि माथि उठिरहेका छन् । कर्णाली माथि उठ्ने प्रक्रियामा छ । कर्णाली एकदिन खल क्षेत्रमा जर्याकजुरुक माथि उठ्ने छ र एउटा राष्ट्रिय पहिचान बनाउने छ ।’ कर्णालीको चिसो पानी र जडिबुटी खाएको क्षमताको प्रदर्शन गर्ने वातावरण बनाउनमा लागि पर्ने मुख्यमन्त्री शर्माले बताए ।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि पाँच (प) को नीति तथा कार्यक्रम कार्यन्वयन हुँदै गएको बताएका छन् । ‘समग्र नेपालको क्रिकेट टिममा ९० को दशकमा पूर्वाधारको विकास, पाँच (प) को नीति तथा कार्यक्रम जसमा पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र पुरस्कार गर्ने गरेका छौं’, सदस्य सचिव संज्यालले भने, ‘अब भविष्य सुनौलो छ । नेपालको राष्ट्रिय टिममा कर्णालीका खेलाडीको वर्चश्व कायाम हुनेछ ।’
यस्तै कर्णाली प्रदेश राष्ट्रिय महिला क्रिकेट खेलाडी करिश्मा शाहीले भौतिक पूर्वाधारको विकास हुने गर्ने र खेलाडीलाई हौसलाको प्रोत्साहन दिनु पर्नेमा जोड दिन आग्रह गरिन् । वर्षमा एउटा टुनामेन्टले मात्रै खेलाडी र खेलकुदको विकास नहुने र वर्ष २/३ वटा टुनामेन्ट भएको भए खेलाडीलाई सहज हुने बताइन् । कर्णालीमा खेलकुद विकासका लागि अझै कर्णाली सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । सोही कार्यक्रममा खेलाडीलाई प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
