Sidha Patra शुक्रबार, मंसिर २९, २०८०

दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधी दाङले जितेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गुलरिया क्रिकेट मैदानमा सोमबारदेखि सुरु प्रतियोगितामा आज भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधी चुम्न सफल भएको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको रुपन्देहीले १९ ओभरमा सबै विकेट गुमाउदै ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पाएको दाङले ११ प्वइन्ट २ ओभर खेल्दै ३ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई सिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशका ६ टिमको सहभागिता रहेको छनौट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा पुगेका थिए । छनौट प्रतियोगितामा सहभागि ६ टिमबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेश स्तरीय महिला टिम छनौट गरिने क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]