
Csbus
Rbs
Jsbus
Gsbus
Ssbus
Amb
Pbu
Ddhbs
Gsl
Ratbs
dsbus
Bksbus5
Nssbus7
gms

Bbu
Wsp
Ssm
Vor
Ggd
nsb
Sbs
Bbbpu
Gst
Rgu
Tsm
Rgs
Rgu
Sls
Hal
Rsb
Asm
Pvg
Ksm

sab
Mks
bbt
Abd
Gsb
Ptm
Jmb
Rmb
Jmb
Pls
Bml
Rpp
Syp
दाङ । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगुरपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसिपुर र लमहिका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्त राज घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीको अनुमानित लागत करीव २५ करोड रहेको सञ्चालक समितिले जानकारी दिएको छ । जसमध्ये ५१ प्रतिशत शेयर गुरुकुल एकेडेमीको रहने र ४९ प्रतिशत शेयर स्थानीय व्यक्ति ,बुद्धिजीवी , शिक्षाप्रेमी लगायतको रहने पनि सञ्चालक समितिले जनाएको छ । गुरुकुल एकेडमीको ५१ प्रतिशत शेयरमध्ये ५ करोड बराबरको शेयर आह्वान गरिएको हो ।
यस्तै शेयर लगानीको लागि पहिलो प्राथमिकता आफ्ना अभिभावक , कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दिइने पनि संचालक समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । गुरुकुल एकेडेमीको शेयर लिन इच्छुक व्यक्तिहरूले न्युनतम रु १० लाख देखि अधिकतम रु ५० लाखसम्म लिन पाउने छन् । सोही अनुसार कबोल रकममध्ये ५० प्रतिशत रकम यही पौष १५ गतेभित्र विद्यालयको खातामा जम्मा गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम फाल्गुण २५ गतेभित्र जम्मा गर्नुपर्ने छ ।
त्यस्तै प्रति कित्ता १०० रुपैयाको दरले शेयर आह्वान गरेको विद्यालयले जनाएको छ । यस सम्बन्धी जानकारी लिनको लागि विद्यालयले ३ जना व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डी.सी.,विद्यालयकी लेखापाल गोमा गौतम र सोधपुछ अधिकृत अस्मिता सुनारलाई सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ । र तोकिएका व्यक्तिहरुसंग मात्र जानकारी लिन र रकम विद्यालयको खातामा मात्र भुक्तानि दिन समेत विद्यालयले अनुरोध गरेको छ ।
