
gms
Pbu
Gsbus
Ssbus
Csbus
Gsl
dsbus
Rbs
Amb
Jsbus
Bksbus5
Ddhbs
Nssbus7
Ratbs

Vor
Gst
Wsp
Pvg
Ggd
Ssm
Rgu
Bbu
Sbs
Rgs
Asm
Tsm
nsb
Rsb
Rgu
Ksm
Hal
Sls
Bbbpu

Ptm
Bml
Rpp
Gsb
Rmb
bbt
Pls
Syp
sab
Jmb
Mks
Jmb
Abd
दाङ । जनप्रतिनीधी,राजनितीक दल र संघसंस्थाका प्रतिनीधीहरुले खचाखच भरिएको मञ्च । दर्शक दिर्घामा एकहजारको हाराहारीमा महिला तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती । सधैजसो मञ्चमा बस्ने नेताहरुको भाषण सुन्दा वाक्क –दिक्क भएका कार्यक्रमका सहभागीहरु भबिश्यका आशालाग्दा किरण बिद्यार्थीहरुको भाषण सुन्दा मन्त्रमुग्ध देखिन्थे भने मञ्चमा आसिन अतिथीहरु दंग परेर सुनिरहेको देखिन्थ्यो ।
प्रसंग हो गढवा गाउँपालिकाले आयोजना गरेको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन समारोहमा आयोजित बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिताको । गढवा गाउँपालिका भित्र रहेका बिभिन्न बिद्यालयका १७ जना बिद्यार्थीहरुले दिनभर जसो नै लैंगीक हिंसाका कारक तत्व र हिंसा न्यूनीकरणका उपायहरु र कानून कार्यान्वयनमा जोड दिदै आफ्ना बिचारहरु राख्दै अतिथी र सहभागी दिर्घालाई दंग पर्ने गरी सुनाई रहे । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भैरहेको बेला कार्यक्रममा बोल्ने बिद्यार्थीहरुले मञ्चमा आसिन जनप्रतिनीधी र नेताहरु समक्ष हिंसा गर्ने अपराधीहरुलाई सरकारले कडाभन्दा कडा सजाँय दिनुको साटो दिवस समारोहको अवसर जुराएर उन्मुक्ती दिने गरेको बताए ।
लैगिक हिंसा गर्ने पिडकहरुको कार्बाहीका लागि बनाईएका कानूनहरु कार्यान्वयन हुन नसक्दा हिंसा न्यूनीकरण हुन नसकेकोमा बिद्यार्थीहरुले नेताहरु सामु चिन्ता प्रकट गरे । नेपाल सरकारले यसबर्षकालागि तय गरेको लैंगीक हिंसा अन्त्यको सुनिश्चितताः महिला वालवालप्का लगानी ऐक्यवद्धता भन्ने मूलनाराको शिर्षकमा केन्द्रित भई बिद्यार्थीहरुले बक्तृत्वकलामा भाग लिएका हुन। जनमुखि माध्यमिक बिद्यालय गढवा १ रङसिङको कक्षा ८ मा अध्ययनरत सुष्मीता खत्रीले ८ बर्षका वालवालीका देखि ७८ बर्षका बृद्धआमा सम्म बलत्कृत भएको र घरकै हजुरबाऊ बाट ३ बर्षिय नातीनी समेत बलत्कृत भएको घटना सुनाउदै सरकारलाई कानून कार्यान्वयनमा गंभिर हुन आग्रह गर्नुभयो ।
कहाँ गए निर्मला पन्तको बलत्कार गरि हत्या गर्ने अपराधीहरु ? सरकारले किन कार्बाही गर्न सकेन ?–बुद्धज्योति माध्यमिक बिद्यालयको कक्षा १० मा अध्ययनरत दर्शना यादवले प्रश्न गर्नुभयो । शारीरिक, मानसिक, आर्थीक र सामाजिक ढंगले गरिने हिंसाहरु अन्त्य गर्न सरकारले कडा कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जनता माध्यमिक बिद्यालय कक्षा १० का बिद्यार्थी प्रज्वल चौधरीले अग्रेजि भाषमै भाषण गर्दे जोड दिए । राप्ती साउथर्न बोर्डिङको कक्षा ९ मा अध्ययनरत प्रतिक्षा जिसीले कार्यक्रममा बोल्दै परम्परागत कुरीती तथा सामाजीक संस्कारहरु भित्र हिंसा लुकेको बताउनुभयो ।
बलत्कार, कुटपिट, बोक्सी आरोप, दाईजो प्रथा, वाल विवाह, छाउपडी सबै हिंसाका रुपहअरुलाई अन्त्य गर्न कानून बनाउने र कार्यान्वयन गर्ने निकायले कडार्य गर्न जरुरी भएको ज्ञानज्योति बोर्डिङको कक्षा १० कि छात्रा अंकीता चौधरीले बोल्नुभयो । सरकारका निकायहरुले लैंगिक हिंसा न्यूनीकरणका सचेतना कार्यक्रम संगै फितलो कानून कार्यान्वयन लाई कडार्य गर्न कार्यक्रमका सहभागी बिद्यार्थीहरुले जोड दिएका हुन् ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता र प्रतिनीधीसभाका सांसद नारायणी शर्मा प्रतिक्षाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सांसद शर्माले परम्परागत संस्कार र कुरीतीहरु हिंसाका बाधक तत्वहरु भएको र सामाजीक रुपमा सबैको मानसपटलबाट हट्न समय लाग्ने बताउनुभयो ।
त्यस्तै लैंगिक हिंसा अन्त्य गर्न सबै सरोकारवालाहरु घरबाट र आफूबाटै लग्नुपर्ने भन्दै सरकारले केन्द्र देखि स्थानीय तहसम्मै हिंसा बिरुद्धका गतिविधी गर्नेहरुलाई कानून कार्यान्वयनमा जोड दिदै गरेको बताउनुभयो । शारीरीक, मानसीक, सामाजिक, आर्थीक सबै प्रकारबाट हिंसाका रुपहरु जन्मीने भएकोले हिंसाको अन्त्यगर्न आफूबाटै सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल, बिभिन्न संघ संस्था तथा राजनितीक दलका प्रतिनीधीहरुले पनी बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला तथा वालवालीका शाखाका प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो । गढवा गाउँपालिकाको मूल आयोजना र विभिन्न २३ वटा संघसंस्थाहरुसंगको समन्वय सहकार्यमा १६ दिने अभियान समापन गरिएको गाउँपालिकाले जनाएको छ ।

