
Nssbus7
Pbu
Csbus
Rbs
Gsbus
Ssbus
Jsbus
gms
Gsl
Amb
Bksbus5
Ddhbs
Ratbs
dsbus

Ssm
Bbbpu
Rsb
Rgs
Wsp
Gst
Hal
nsb
Sbs
Rgu
Rgu
Sls
Pvg
Vor
Asm
Ggd
Bbu
Ksm
Tsm

sab
bbt
Bml
Rmb
Gsb
Rpp
Jmb
Syp
Jmb
Mks
Abd
Pls
Ptm
दाङ । तुलसिपुमा आगामि शैक्षिक सत्र २०८१ बाट संचालनमा आउन लागेकोे गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा मुकुन्द गिरी नियुक्त हुनुभएको छ ।
लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न गिरीलाई गुरुकुल एकेडेमीको संचालक समितिको बैठकले आगामी चार वर्षका लागि प्रधानाध्यापकमा नियुक्त गरेको हो । नवनियुक्त प्रधानाध्यापक गिरीले २०८० मंसिर २१ गते देखि जिम्मेवारी ग्रहण गर्नुभएको हो । जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक गिरीले छोटो समयमा गुरुकुल एकेडेमी घोराहीले प्राप्त गरेको शैक्षिक सफलतालाई कायम राख्दै गुरुकुल एकेडेमीले तुलसीपुरलाई थप सफलताका लागि कुनै प्रकारको आच आउन नदिएर अघि बढ्ने बताउनुभएको थियो ।
शिक्षा क्षेत्रमा संगालेको लामो अनुभवलाई गुरुकुलको उद्देश्य प्राप्तीका लागि लगाउने भन्दै उँहाले गुरुकुलको सफलता प्राप्तिका लागि शिक्षक तथा कर्मचारीहरु मन, वचन र कर्मले एकाकार भएर अघि बढनुपर्ने बताउनुभएको छ । साथै उँहाले मुख्य ५ वटा बुँदालाई शिरोपर गर्दै विद्यालयलाई सफलतामा पुर्याउने बताउनुभयो । स्थापना कालदेखि गुरुकुल एकेडेमी घोराहीमा सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका गिरीले गुरुकुल एकेडेमी तुलसिपुरलाई नेतृत्व गर्न संचालक समितिले प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै गुरुकुल एकेडेमीका अध्यक्ष ई।अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षासँगै अव्वल शैक्षिक संस्थाका रुपमा गुरुकुल एकेडेमी तुलसीपुरलाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
गुरुकुल घोराही स्थापना भएको ८ बर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उँहाले ती उपलव्धीहरुलाई संस्थागत गर्दै उद्देश्य प्राप्तिका लागि गिरीले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । पिता टेक बहादुर गिरी र माता मेनका गिरीको कोखबाट कान्छो सन्तानको रुपमा २०४८ साल बैशाख १६ गते तुलसिपुरमा जन्मिनुभएका मुकुन्द गिरीको बाल्यकाल जन्म स्थानमै बितेको हो भने एस् एल सि महेन्द्र मावि तुलसिपुर बाट गर्नुभएको हो ।
अध्ययनको शिलशिलामा उँहाले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजिमा डिग्रि गर्नुभएको छ । शैक्षिक योग्यता र अनुभव तथा कार्यसम्पादनमा उत्कृष्ट गिरी कहिले हार नखाने ब्यक्तिका रुपमा परीचित हुनुहुन्छ । नवनियुक्त प्रधानाध्यापकलाई गुरुकुल एकेडेमीका अध्यक्ष ई। अनन्तराज घिमिरे लगायत सम्पुर्ण संचालक समितिले बधाई तथा स्वागत गरेको थियो ।
त्यस्तै संचालक समितिले विद्यालयको सिइओमा शिक्षाप्रेमि जयन्त उपाध्यायलाई नियुक्त गरेको छ । घोराही उपमहानगरपालिका–१५ मा स्थापना भएको गुरुकुल एकेडेमीले २०७२ सालदेखि पठनपठान गर्दै आएको छ भने लमही र तुलसीपुरमा आउँदो शैक्षिक सत्र २०८० बाट पठन पाठन सञ्चालन हुनेछन्।
