
Pbu
cjs
Unsku
Rgp
Djs
Pes
Ggp
pku
Gfs
Rgp1
Sgr
sbs
Srbpu
Lnp

Sbs
nsb
Wsp
Hal
Rgs
Ggd
Ksm
Tsm
Bbbpu
Bbu
Vor
Pvg
Rgu
Ssm
Rsb
Sls
Rgu
Asm
Gst

Abd
Rmb
Gsb
Ptm
bbt
Pls
Jmb
Syp
Rpp
Mks
Bml
sab
Jmb
दाङ । अपाङ्गता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार दाङको गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लब अफ लमही,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र लमही जेसिसको मुल आयोजना र गढवा उद्योग बाणिज्य संघ,चेतनशिल महिला सहकारी,हर्ट फाउन्डेसन दाङ,तेजस्वी मातृभुमी सहकारी,थारु कल्याणकारी,लायन्स क्लब अफ गढवा र बुद्धज्योती माविको सहकार्यमा रक्तदान आयोजना गरिएको हो । रक्त्त सन्चार सेवा केन्द्र दाङको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५४ जनाले रक्तदान गरेको केन्द्रका प्रमुख दिलिप न्यौपानेले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ लमहिका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गर्नु भएको हो । मानव जीवन बचाउने पबित्र कार्यमा हातेमालो गर्ने सबैलाइ धन्यवाद दिदै रक्त्तदान जिवनदान भएको चौधरीले बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी गढवाका प्रमुख नवीन ओलि,लमही जेसिसका अध्यक्ष फणाधर ढकाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,लायन्स क्लब गढवाका अध्यक्ष उमाकान्त पन्त,चेतनशिल सहकारीका अध्यक्ष सकुन्तला डिसि, थारु कल्याणकारी सभाका सचिव प्रायगनाथ चौधरी,रेडक्रस गढवाका महेश अधिकारी,बुद्धज्तोती माबिका प्रबन्ध निर्देशक शंकर पाण्डेय,साङ्ग्रीला बिकास बैंकका तेज बहादुर चौधरी र हर्ट फाउन्डेसन दाङका रविलाल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बारे लमही जेसिसका निर्मला चौधरीले प्रकाश पार्नु भएको थियो । देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकको स्वागत मन्तब्य बाट आरम्भ भएको रक्त्तदान उद्घाटन कार्यक्रमको सहजिकरण रोटरी क्लब लमहीका सचिव तथा गोर्खा माबिका प्राचार्य लोकमान रिजालले गर्नु भएको थियो । सो अवसरमा शसस्त्र प्रहरी अर्जुन खोला,ईलाका प्रहरी गढवा,आयोजक संस्थाहरुका पदाधिकारिहरु,स्थानिय ब्यवसायी तथा उद्योग बाणिज्य संघ र स्थानिय बुद्धिजिवि समाजसेवी गरि ५४ जनाले रक्तदान गरेको र जिल्लामा रगतको अभाव भएको बेला आकस्मिक बिरामीहरुका लागि रगतको आपूर्ति गरि अमुल्य सहयोग भएको रक्तसन्चार सेवा केन्द्र दाङले जनाएको छ ।

