तुलबहादुर कवँर मगर आइतबार, भाद्र १४, २०८३

दाङ । लागूऔषधको जोखिमबाट बालबालिका तथा युवालाई जोगाउन अभिभावकलाई सचेत बनाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा ‘लागूऔषध सेवन गरेको थाहा पाउने आमा प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत इलाका प्रहरी कार्यालय भालुवाङको आयोजना तथा राप्ती गाउँपालिकाको संयोजनमा आइतबार मसुरियास्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नार्कोन नेपालका दक्षिण एसिया प्रमुख बसन्तराज कुँवरले लागूऔषध प्रयोगका असर,प्रयोगकर्तामा देखिने व्यवहारिक तथा शारीरिक परिवर्तन र सेवन गरिरहेको अवस्था पहिचान गर्ने तरिकाबारे प्रशिक्षण दिए । उनले बालबालिकाको संगत, व्यवहार र दैनिक गतिविधिमा अभिभावकले निगरानी राख्नुपर्ने तथा समस्या देखिए समयमै परामर्श र सहयोग लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लागूऔषध नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउँदै परिवार,विद्यालय र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले आमाहरूले बालबालिकाको व्यवहारमा आउने परिवर्तन समयमै पहिचान गर्न सके लागूऔषध नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

अध्यक्ष विष्टले लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकार,प्रहरी,विद्यालय,अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । आमालाई लक्षित प्रशिक्षणले परिवारस्तरबाटै लागूऔषध रोकथाममा सहयोग पुग्ने उनको विश्वास थियो ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष,टाेल विकास संस्थाका अध्यक्ष,शिक्षक,अभिभावक,आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय आमाहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]