
Djs
Srbpu
cjs
pku
Pes
Rgp
Unsku
Sgr
Pbu
Ggp
sbs
Gfs
Rgp1
Lnp

Ksm
Sls
Rgs
Bbbpu
Tsm
Hal
Asm
Rgu
Bbu
Ggd
Sbs
Pvg
Vor
Rgu
Gst
Ssm
Rsb
Wsp
nsb

sab
Bml
Pls
Abd
Syp
bbt
Jmb
Rmb
Jmb
Ptm
Rpp
Mks
Gsb
दाङ । लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भाैतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारुले नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुने बताउनु भएको छ।
राप्ती गाउँपालिका वडा नं.९ काे विकट गाउँ जाबुनेमा बनेको नव निर्मित ३ काठे जाबुने सामुदायिक स्वास्थ्य इकाई भवनको उद्वाटन गर्दै संसद थारूले अस्वस्थ व्यक्तिले कुनै पनि काम गर्न नसक्ने भएकाले नागरिक स्वस्थ भए मात्रै देश विकासमा सहयोग पुग्ने बताउनु भएको हाे।
संसद चाैधरीले जब सम्म नागरिकहरु स्वस्थ हुदैनन् तब सम्म घर, समाज र देशको विकास सम्भव नहुने भन्दै स्वस्थ रहन खानपिन,जीवनशैली सँगै समयसमयमा स्वास्थ्य चेकजाँच गराउन समेत आवश्यक रहेको बताउनु भयो । पछिल्लो समयमा धेरैजसाे राेगहरु खान नपाएर भन्दा पनि खान नजानेर लाग्ने गरेको बताउदै संसद थारुले खानपिन र जीवनशैलीमा विशेष ध्यान दिनु पर्ने कुरामा जाेड दिनुभयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले
पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच नपुगेका विकट गाउँहरुमा स्वास्थ्यकाे पहुँच पुर्याउने उदेश्य सहित स्वास्थ्य इकाईहरुकाे स्थापन गरेकाे बताउनु भयो । भाैतिक संरचना भन्दा पनि त्यहाँ बाट प्रवाह हुने सेवा कस्तो छ भन्ने कुराले ठुलो अर्थ राख्ने बताउदै अध्यक्ष विष्टले गुणस्तरीय र नि:शुल्क स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारबाट गत आर्थिक वर्षमा विनियोजित १० लाख र पालिकाकाे ५० हजार रुपैयाँ गरि कुल १० लाख ५० हजार रुपैयाँमा लागतमा भवन निमार्ण भएको हाे।
स्वास्थ्य इकाई निर्माण भई सञ्चालनमा आए सँगै साे क्षेत्रका मानिसहरुलाई सामान्य बिरामी हुदा समेत भालुवाङ्ग लगायत अन्य स्थानका अस्पतालहरुमा जानुपर्ने बाध्यताकाे अन्त्य भएको छ। स्वास्थ्य इकाईबाट दैनिक बिरामी चेकजाँच ,परिवार नियाेजन सेवा,पाेषण सेवा,क्षयरोग उपचार सेवा,गर्भवती चेकजाँच तथा खाेप सेवा प्रदान हुने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य इकाइमा एक अहेब ,एक अनमिन र एक कार्यालय सहयोगी सहित तीनजनाको दरबन्दी रहेको छ । गाउँपालिकामा २ स्वास्थ्य चाैकी सहित ४ वटा आधारभूत स्वास्थ्य केन्द्र ,५ वटामा सामुदायिक स्वास्थ्य इकाई ,१९ वटा गाउँघर किल्निक र १५ वटा खाेप केन्द्र रहेका छन्।
राप्ती गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका संसद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त उद्वाटन कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी,वडा नं.१ का वडा अध्यक्ष गेम बहादुर खड्का ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख डाक्टर उमाकान्त तिवारी ,भालुुवाङ्ग स्वास्थ्य चाैकीका इन्चार्ज कृष्णप्रसाद श्रेष्ठ ,डाक्टर आशिष दाहाल लगायत स्थानीयबासीहरुकाे सहभागीता रहेको थियोे ।
वडाका वडा सदस्य ददि बहादुर बराल मगरको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले गर्नु भएकोे थियो ।
