
Csbus
Amb
syysr
Rbs
Syees
gms
Gsl
Bksbus5
Ssbus
Jsbus
dsbus
Nssbus7
Pbu
Gsbus
Ratbs
Ddhbs

Gst
Rgu
Bbbpu
Ksm
Ggd
Asm
Bbu
Wsp
Rgu
Pvg
Ssm
Hal
Sbs
Tsm
Vor
Sls
Rgs
nsb
Rsb

Rmb
Bml
Ptm
Rpp
Jmb
Gsb
Abd
Syp
bbt
sab
Jmb
Mks
Pls
राष्ट्रीय बिभुती अमरसिंह थापाको नाउमा बागलुङको गलकोट नगरपालिका ७ मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण गरिएको छ । फल्लारुख देखि सातसय बगाले थापा समाजको कुल मन्दिर सम्म २५० सिडीको पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष थुमा थापाले जानकारी दिनुभयो । सातसय बगाले थापा समाजका बन्धुहरुको सकृयतामा पदमार्ग निर्माण भएको अध्यक्ष थापाले बताउनु भयो । ३ लाख ५८ हजार ३ सय रुपैयाँको लागतमा थापा बन्धुहरुले उक्त पदमार्ग निर्माण गरेको सचिव टोप बहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै पदमार्ग निर्माण गर्न बगाले थापा बन्धुहरुले १ लाख १५ हजारको जनश्रमदान समेत गरेका थिए । समाजले पदमार्ग निर्माण पुर्व प्राविधिक सर्भे खर्चको लागि रु २२ हजार र फाउण्डेशन तयार गर्न ४० हजार थप खर्च गरेको थियो । गलकोट नगरपालिका वडा नं ७ को योजना अन्तर्गत अमरसिंह पर्यटन पदमार्ग मल्म सानोखोला, देखि बगाले थापा कुल मन्दिर, राम्चे ढुङगा हुँदै घुम्टे जोडने लक्ष्य रहेको छ । सोहि अनुरुप आर्थिक वर्ष २०७६/०७७ को नगद रु ३ लाख बजेट बाट १ सय २७ वटा सिडी निर्माण गरिएको थियो । सातसय बगाले थापा समाजले यहि चैत १३ र १४ गते आयोजना गर्ने भनिएको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरि पदमार्ग निर्माण गरिएको थियो । यद्यपी अहिले विश्वमै माहामारीको रुपमा रहेको नोवेल कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गरि राष्ट्रिय सम्मेलन अनिश्चितकालको लागि स्थगन गरिएको समाजले जनाएको छ । पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल राम्चे ढुङगा, गलकोट नगरपालिका १० पाण्डवखानी होम स्टे र पर्यटकीय गन्तव्य घुम्टे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता भएको छ । पदमार्ग निर्माण भएपछि स्थानिय समेत खुसी भएका छन । निकट भविष्यमा उक्त पदमार्ग पर्यटकीय स्थल राम्चे ढुङगा हुँदै घुम्टे जोडने योजना अनुरुप काम अगाडी भईरहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । विकासको पुर्वाधार तयार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक गृहकार्य भईरहेको वडा अध्यक्ष थापाको भनाई छ । पदमार्गमा राष्ट्रिय विभुति अमरसिंह थापाको अर्धकदको सालिक समेत निर्माण भईरहेको छ । समाजले १ लाख ७० हजारको लागतमा सालिक निर्माण गर्न लागेको हो । सालिक निर्माण गर्न बेलायतमा रहेका बगाले थापा बन्धुहरुले उक्त रकम सहयोग गरेका हुन । सालिक निर्माणको निमित्त युवा समाजसेवी टेक थापा र तुलबिर थापाले सानोखोलामा निशुल्क जग्गा समेत प्रदान गर्नुभएको छ । पदमार्गमा यात्रा गर्ने पैदल यात्रीहरुको लागि स्थानिय समाजसेवी सुन्तलारुख निवासी कर्ण बहादुर थापाको स-परिवारले पानीको धारा र चौपारी समेत निर्माण गरिसकेका छन ।पदमार्ग’ले सप्ताहघाट–बगाले थापा कुल मन्दिर–राम्चेढुङ्गा हुँदै पर्यटकीय लेक घुम्टेलाई जोडेको छ ।
