
Gfs
Rgp
Sgr
Djs
Pes
cjs
Pbu
Ggp
Unsku
sbs
pku
Srbpu
Lnp
Rgp1

Asm
Wsp
Sbs
Ssm
nsb
Rsb
Sls
Ggd
Gst
Pvg
Tsm
Hal
Rgu
Vor
Bbbpu
Rgs
Bbu
Ksm
Rgu

Jmb
Rpp
Bml
sab
Gsb
Pls
Rmb
Syp
Mks
Abd
Ptm
bbt
Jmb
घोराही उपमहानगरपालिका–७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको शव बिहीबार बेलुकी जंगलमा फेला परेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनी सशस्त्र प्रहरीका जवान हुन्।
कलिवस्तुमा कार्यरत चौधरी कात्तिक २१ गते घर बिदामा आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लले बताए। बुधबार बिहान स्थानीय महिलासँग जंगलमा मालुको पात टिप्न गएका बखत उनको रूखबाट लडेर मृत्यु भएको भन्ने सूचना बेलुका साढे ४ बजेतिर प्रहरीलाई दिइएको थियो।
सूचना पछ्याउँदै पुगेको प्रहरीले चौधरीलाई उद्धार गरि बेलुका ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। तर, चिकित्सकले तत्कालै उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी अधिकारीका अनुसार रूखबाट लडेर मृत्यु भएको भनिए पनि चौधरीको छातीमा बन्दुकको छर्रा लागेजस्तो घाउहरू रहेको प्रहरीले बताएको छ।
सँगै पात टिप्न गएका महिलाहरूलाई सोधपुछ गर्दा आफूहरूले बन्दुक पड्केको आवाज सुने पनि थप कुरा केही थाहा नपाएको भन्ने बयान प्रहरी समक्ष गरेको एसपी केसीले बताए।
‘सँगै गएका महिलाहरूले हामीभन्दा मृतक चौधरी केही पर थिए भन्ने कुरा गर्दै आउनु भएको छ,’ एसपी केसीले भने ‘त्योभन्दा बढी उहाँहरू बोल्दै बोल्नु हुन्न।’
पोष्टमार्टम रिपोर्टपछि घटनाबारे विस्तृत थाहा हुने एसपी केसीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
