
Pes
Lnp
Srbpu
Rgp
Pbu
Djs
Rgp1
Sgr
Unsku
Ggp
Gfs
pku
sbs
cjs

Sls
Wsp
Rgu
nsb
Bbu
Asm
Rsb
Bbbpu
Gst
Hal
Ggd
Ksm
Sbs
Vor
Pvg
Tsm
Rgu
Ssm
Rgs

Jmb
Rpp
Syp
Rmb
Mks
bbt
sab
Abd
Pls
Jmb
Gsb
Ptm
Bml
दाङ । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा अर्थमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताकाे सफलतासंग जाेडिएकाे विषय भएकाे बताएका छन् ।
आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमकाे प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिने बताए ।`स्वास्थ्यकर्मीले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिएकाे हुन्छ´, उनले भने´यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।´
साथै उनले स्वास्थ्यकर्मीहरू आफ्नाे जागिरकालागि मात्रै स्वास्थ्य सेवामा आएकाे नभई सेवाकालागि आएकाे समेत मास्कीले बताए ।`सुबिधा लिन मात्रै याे क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि याे पेशामा आउनु भएकाे छ´, उनले भने` त्यसैले पनि स्वास्थकर्मीलाई जनताले भगवान सरह मान्ने गर्छन् ।´ साथै उनले बजेट बिनियाेजन भएपनि कार्यबिधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेकाे छ । मन्त्री मास्कीले पछिल्लाे समय मानसिक विरामीहरू बढिरहेकाले यश तर्फ पनि ध्यान दिनु पर्ने अबस्था रहेकाे बताए ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बाेधन गर्दै प्रदेशकाे स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएकाे बताए । कार्यक्रममा प्रदेश याेजना आयाेग उपाध्यक्ष डा. नहकुल केसी,जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा,घाेराही उपमहानगरपालिका प्रमुख नरूलाल चाैधरी,स्वास्थ मन्त्रालयका सचिब डा. जनार्दन पन्थी लगायतले मन्तब्य ब्यक्त दिएका थिए ।
