दिपक बोहरा सोमबार, कार्तिक २०, २०८०

दाङ । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा अर्थमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताकाे सफलतासंग जाेडिएकाे विषय भएकाे बताएका छन् ।

आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमकाे प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिने बताए ।`स्वास्थ्यकर्मीले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिएकाे हुन्छ´, उनले भने´यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।´

साथै उनले स्वास्थ्यकर्मीहरू आफ्नाे जागिरकालागि मात्रै स्वास्थ्य सेवामा आएकाे नभई सेवाकालागि आएकाे समेत मास्कीले बताए ।`सुबिधा लिन मात्रै याे क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि याे पेशामा आउनु भएकाे छ´, उनले भने` त्यसैले पनि स्वास्थकर्मीलाई जनताले भगवान सरह मान्ने गर्छन् ।´ साथै उनले बजेट बिनियाेजन भएपनि कार्यबिधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेकाे छ । मन्त्री मास्कीले पछिल्लाे समय मानसिक विरामीहरू बढिरहेकाले यश तर्फ पनि ध्यान दिनु पर्ने अबस्था रहेकाे बताए ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बाेधन गर्दै प्रदेशकाे स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएकाे बताए । कार्यक्रममा प्रदेश याेजना आयाेग उपाध्यक्ष डा. नहकुल केसी,जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा,घाेराही उपमहानगरपालिका प्रमुख नरूलाल चाैधरी,स्वास्थ मन्त्रालयका सचिब डा. जनार्दन पन्थी लगायतले मन्तब्य ब्यक्त दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]