दिपक ओली/घोराही शुक्रबार, कार्तिक १७, २०८०

दाङ । दाङको घोराही उपमहानगरपालीका वडा नं १ बुकामा यहीँ कार्तिक २२ गतेदेखि दोस्रो चरीङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ ।

गत बर्षदेखि द युनाइटेड युथ क्लब बुकाले सेभेन चरीङगे कप ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसै अन्तर्गत दोस्रो प्रतियोगिताको रुपमा यहीँ २२ गतेदेखि प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका सचिव रोशन महराले बताए ।

स्वास्थ्यका लागि खेलकुद, र घोराही १ बुकामा रहेको चरीङगे दहलाई स्थानीय स्तरमा परिचित गराउने उद्धेश्यले विभिन्न संघ,संस्थाको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो । मोफसलमा फुटवल खेललाई बचाईराख्न र नवप्रतिभावान् खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्य पनि रहेको द युनाइटेड क्लवका सचिव महराले बताए ।

सचिव महराले उक्त प्रतियोगितामा घोराही उपमहानगरपालिका भित्रका १९ ओटै वडाबाट प्रतियोगितामा भाग लिन पाउने जानकारी दिएका छन । उक्त प्रतियोगिताको विजेताले नगद रु १५ हजार,ट्रफी, मेडल र प्रमाण–पत्र पाउने क्लबका अध्यक्ष फनाधर पोख्रेंलले जानकारी दिएका छन ।

प्रतियोगितामा भाग लिन यहीँ १९ गतेसम्म समुह दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क रु १५०० रहेको पनि क्लब सबैमा आह्वान गरेको छ । टिम दर्ता र थप जानकारीको लागि ९८०६२१८४४३ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]