
Ggp
Ksbus
Lnp
Rgp
Ksbus
Sdc
Ggp
Msbus
Asbus


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ६ महीना देखि ५९ महिनासम्मका करिब ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ औषधि आज र भाेली गरि दुई दिन खुवाँइदै छ ।
त्यसैगरी ३४ सय भन्दा बढी १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको हो।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आज र भोलि भिटामिन ‘ए’ कार्यक्रममा सरिक भई बालबालिकालाई स्वस्थ निरोगी राख्न आग्रह गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न औषधि खुवाउने कार्यमा कोही कसैलाई पनि नछुटाई सहयोग गर्न स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्ण सरोकारवाला निकाय, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भएको छ ।
सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि २०५६ बाट खुवाउन थालिएको हो । यो कार्यक्रममा देशभरिका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ भने दाङमा एक हजार भन्दा बढी र राप्ती गाउँमा ३४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै छ भने यो अभियान हरेक वडाका टोल, खोप केन्द्र, स्वास्थ्य संस्थाबाट खुवाइँदै छ । भिटामीन ‘ए’ ले बालबालिकामा रोग प्रतिरोधातमक क्षमता अभिवृद्धिसँगै बाल मृत्युदर घटाउन सहयोग पुर्याउँछ ।
यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा देशभर ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।
