
gms
Gsl
Pbu
Ddhbs
Jsbus
Ratbs
Ssbus
dsbus
Amb
Bksbus5
Csbus
Gsbus
Rbs
Nssbus7

Ksm
Bbu
Rgu
Hal
Sls
Ggd
Wsp
nsb
Rgu
Sbs
Rgs
Asm
Vor
Pvg
Ssm
Tsm
Bbbpu
Rsb
Gst

Ptm
Abd
Mks
Gsb
Bml
Jmb
Syp
Rmb
Jmb
Pls
sab
Rpp
bbt
काठमाडौं । काठमाडौंमा जारी रहेको त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।
आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए । यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए । यस शृङ्खलामा नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । हङकङसमेत सम्मिलित शृङखलामा नेपालले सतप्रतिशत जितसहित फाइनलसम्मको यात्रा तय गरेको हो ।
