
Rgp
Pbu
Sgr
Srbpu
Rgp1
Lnp
Ggp
Unsku
pku

Rgs
Tsm
Bbu
Hal
nsb
Asm
Pvg
Vor
Ggd
Rsb
Sbs
Rgu
Ssm
Ksm
Wsp
Bbbpu
Gst
Sls
Rgu

sab
Bml
Syp
Ptm
Pls
Jmb
bbt
Gsb
Abd
Jmb
Mks
Rpp
Rmb
दाङ । घोराहीबाट सञ्चालित कोसेली बेकरीले आफ्नो पाँचौ शाखा विस्तार गरेको छ । बि. एन.फुड प्रालिद्धारा सञ्चालित कोसेली वेकरीले घोराही १४ लखनपार्कमा आफ्नो पाँचौ शाखा विस्तार गरिएको बेकरीका सञ्चालक नरेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
आईतबार वडा दशैको आठौ दिन महाअष्टमीका अवसरमा श्रेष्ठकी नातिनी कृपाश्री जिएमले पानसमा बत्ति बाल्नु भएको थियो भने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले रिवन काटेर कोसेलीको लखनपार्कमा शाखाको उद्घाटन गर्नु भएको हो । घोराही १५ मेनरोडमा २०७२ सालबाट सञ्चालनमा आएको कोसेली वेकरीले उत्पादन गरेका केक तथा बेकरीका परिकारका माध्यमबाट ग्राहकको मन जित्दै उपभोक्ता माझ लोकप्रिय बनेको छ ।
छोटो समयमै ग्राहकहरुको मन जित्न सफल कोसेली बेकरीले आफ्नो दोस्रो शाखा तुलसीपुरमा, लमहीमा तेस्रो शाखा हुदै यसवर्ष घोराही १७ भैसाहीमा उद्योग सञ्चालनमा ल्याउन सफल भएको छ । साथै विजया दशमी २०८० को शुभ अवसरमा घोराही १४ मा पाँचौ शाखाको उद्घाटन गरेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक श्रेष्ठका अनुसार उक्त शाखामा केक तथा वेकरीका परिवकारहरुका साथै कफीका पारखीहरुका लागि कफी मेसिन पनि राखिएको छ । विभिन्न स्वादका कफीका आईटमहरु पनि उक्त शाखामा उपलब्ध रहेका छन् ।
उद्घाटन कार्यक्रममा विभिन्न संघ, संस्था, उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी, बैंकरहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष धु्रवकुमार गहतराज, सचिव विकास वली, सदस्य रुद्र जैसी शर्मा, अप्टिमिष्ट दाङका अध्यक्ष सनत गिरी, रोटरी क्लव अफ दाङका पुर्व अध्यक्ष रजिव उल्लाह खान, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगाएतको उपस्थिती रहेको थियो ।

